बार काउन्सिलमा मुकुन्दको उम्मेदवारी

समाधान संवाददाता २०७६ माघ ९ गते १२:४२

समाधान संवाददाता, पोखरा

बार काउन्सिल सदस्यमा गण्डकी प्रदेशबाट वृहत लोकतान्त्रिक समूहबाट अधिवक्ता मुकुन्दराज अर्याल उठ्ने भएका छन् । ५ वर्षे कार्यकालका लागि माघ २५ गते काउन्सिल सदस्यका लागि चुनाव हुँदै छ । प्रगतिशील समूहबाट नारायणप्रसाद आचार्यले उम्मेदवारी दिएका छन् । उच्च अदालत बार पोखराका पूर्व अध्यक्ष अर्यालको उम्मेदवारी प्रचारका लागि डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) ले बुधबार १ सय ५१ सदस्यीय समिति गठन गरेको छ ।

डिएलए गण्डकी प्रदेश संयोजक फणीन्द्रराज कोइरालाको संयोजकत्वमा डिएलए कास्की अध्यक्ष विष्णु शर्मा मरासिनी, सचिव कमल पौडेल समेत रहने गरी समिति गठन गरिएको हो । समितिले प्रदेशका ९ जिल्लामा चुनावी प्रचार गर्नेछ । बार काउन्सिलबाट वकालतको प्रमाणपत्र लिएका कानुन व्यवसायीले यो चुनावमा मत दिन पाउँछन् ।

Advertisement

प्रदेशका ९ जिल्लामा ५ सय ८६ मतदाता छन् । नवलपुर, गोरखा, लमजुङ र तनहुँका मतदान केन्द्र दमौली तोकिएको छ । स्याङ्जा, उच्च बार पोखरा र कास्कीको पोखरा, म्याग्दी, पर्वत र बागलुङको मतदान केन्द्र बागलुङमा तोकिएको छ । मनाङ र मुस्ताङमा बारको इकाई छैन ।

Advertisement

तपाईको प्रतिक्रिया