यसरी सजिलै समातिए दिपक मनाङ्गे

समाधान सम्वाददाता
गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’लाई कास्की प्रहरीले पक्राउ गरेको छ। उनलाई पक्राउ गर्न कठिन हुने आँकलन गरिएको भए पनि उनी सजिलै पक्राउ परे ।
राष्ट्रिय सभा निर्बाचनमा मतदानमा सहभागी भएका राजिव भाग्छन होला भन्ने आशंका प्रहरीको थियो । निर्बाचित प्रदेश सभा साँसद भएकाले उनलाई अदालतबटै पक्राउ पुर्जी जारी गरेर मात्र समाउने प्रहरीको दाउ थियो । सोही अनुसार अदालत गएको प्रहरीले आदेश पाउना साथ उनी बसेको होटलमा गयो र सजिलै समात्यो ।
जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पोखराको लेकसाइडको एक होटलबाट पक्राउ गरेको थियो । उनी त्यही होटलमा बसेका छन भन्ने प्रहरीलाई पहिले नै जानकारी थियो ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० कास्की अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले सांसद राजीव गुरुङ ‘दिपक मनाङे’विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
बुधबार गुरुङले गण्डकी प्रदेश सभाका सांसद मनाङेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक अपराधअन्तर्गत जाहेरी दिएका थिए।
यसअघि मंगलबार मनाङेले पोखरामा मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनअघि एन्फा कास्की अध्यक्ष गुरुङलाई झापड हानेका थिए। मनाङबाट आएका खेलाडीको व्यवस्थापनमा वेवास्ता गरेको भन्दै झापड हानेका थिए।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया