नेपाल एयरलाइन्सका २ दर्जन पाइलटले दिए सामूहिक राजीनामा

समाधान संवाददाता २०७६ माघ १० गते १३:१३

समाधान संवाददाता, काठमाडाैं

Advertisement

विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै ए ३२० र ए ३३० जहाज उडाउने २ दर्जन पाइलटले बिहीबार साँझ व्यवस्थापनसमक्ष लिखित पत्र बुझाएका छन् ।

स्थायी उडान दलका सदस्यहरूले तीन महिनापछि लागू हुने गरी राजीनामा बुझाएका हुन्।

उनीहरुले व्यवस्थापनले काममा नेपाली स्थायी कर्मचारीलाई बढी लगाए पनि विदेशीलाई सेवा सुविधा धेरै दिएको आरोप लगाएका छन्।

पाइलटहरुका अनुसार विदेशीले महिनामा ४६ घन्टामात्र जहाज उडाउँछन् भने हप्तामा २ दिन छुट्टी पाउछन् । तर नेपाली स्थायी पाइलटले महिनामा ९५ घन्टा जहाज उडाउने तर हप्तामा विदा १ दिनमात्र पाउने गरेका छन् ।

Advertisement

उनीहरुकाअनुसार तलबमा पनि विदेशी र नेपालीबीच ठूलो खाडल छ। विदेशीले चोखो १५ लाख तलब बुझ्छन् भने नेपालीले ५ लाख तलब पाउँदै आएका छन्। नेपाली पाइलटले कर आफैंले तिर्दै आएका छन्।

पछिल्लो समय जानकारी नै नदिई वर्षको अन्तिमतिर शुन्य तलब दिएको र यो वर्ष सुरूदेखि नै एड्भान्सको नाममा १ लाख रुपैयाँ काट्दै आएको क्याप्टेन श्रवण रिजालले जानकारी दिए।

पाइलटले व्यवस्थापनलाई दुई विकल्प दिएका छन्। तीन महिनाको समयमा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने। कि नेपाली पाइलटले दिएको राजीनामा स्वीकृत गरेर सबै करारमै लिएर काम चलाउने।

तपाईको प्रतिक्रिया