हिमपहिरो निरीक्षण गर्दै मुख्यमन्त्री

समाधान संवाददाता २०७६ माघ १० गते १४:०५

समाधान संवाददाता
पोखरा

अन्नपूर्ण संरक्षण क्षेत्रमा गत शुक्रबार गएको हिमपहिरोमा परी अझै ७ जना बेपत्ता छन् । माघ ३ गते हिमपहिरो गएपछि केही पर्यटक र स्थानीयलाई उद्धार गरिए पनि बेपत्ताको खोजी प्रभावकारी रुपमा हुन सकेको छैन ।

हिमपहिरो गएको स्थानमा भएको क्षति र वस्तुस्थितिबारे गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्थलगत रुपमै जानकारी लिएका छन् । मुख्यमन्त्री गुरुङ, प्रदेश सांसद राजीव पहारी, त्यहाँका वडाध्यक्ष हिम गुरुङ लगायतको टोलीले घटनास्थल अवलोकन गरेको हो । मुख्यमन्त्रीले उद्दार टोली तथा सुरक्षाकर्मीलाई बेपत्ताको खोजी प्रभावकारी तवरले गर्न निर्देशन दिए ।

Advertisement

करिब ३ हजार २ सय मिटर उचाइमा रहेको हिंकु केभवरिपरि गएको पहिरोमा ३ जना नेपाली र ४ विदेशी अझै बेपत्ता छन् । घटनामा केही विदेशी पर्यटक र नेपाली बाच्न सफल भएका थिए । नेपाली पथप्रदर्शक सरोज परियार, सहयोगी मीनबहादुर लामा (तामाङ) र छिरिङ भोटे तथा कोरियन नागरिक लि मिन सु, जोङपिल बोङ, किम सोक जा र चोइ जो वोनको अवस्था अझै अज्ञात छ । त्यहाँ परेको हिउँ नपग्लिएसम्म घटनास्थल नदेखिने उद्धारमा सहभागीहरु बताउँछन् ।

Advertisement

तपाईको प्रतिक्रिया