वारागुङले पन्छायो सडकको हिउँ

कागबेनी–मुक्तिनाथ सडक अवरुद्ध भएपछि घोडा चढेर यात्रा गर्दै तीर्थालु । तस्बिरः समाधान ।
एसके थकाली
जोमसोम
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथतर्फ जाने कागबेनी—मुक्तिनाथ सडकको हिउँ स्थानीय तहले पन्छाएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले सडकको हिउँ डोजर लगाएर पन्छाएको हो ।
वारागुङ मुक्तिक्षेत्रले डोजर खर्च व्यहोर्ने गरी मंगलबार र बुधबार कागबेनीदेखि मुक्तिनाथ रानीपौवा बसपार्कसम्मको १२ किमी कालोपत्रे सडकको हिउँ पन्छाएको अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङले जानकारी दिए । उनका अनुसार मुक्तिनाथ जाने सडक आवागमन सुचारु गर्न स्थानीय प्रशासन र पालिकाले संयुक्त पहल गरेको बताए । वारागुङ मुक्तिक्षेत्रले गतवर्ष पनि मुक्तिनाथ सडकको हिउँ पन्छाएको थियो । पालिकाले हिउँ पन्छाएपछि जोमसोम–मुक्तिनाथ सवारी आउजाउ बुधबार साँझदेखि सहज हुने मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए । उनले भने, ‘मुक्तिनाथ जाने धार्मिक तीर्थालुले सिधा सवारी नचल्दा सास्ती भएको महशुस गर्यौं । बाटो रोकिँदा तीर्थालुले महँगो शुल्क तिरेर घोडा चढ्नुपर्ने वा लामो दूरी पैदल हिँड्न बाध्य भए ।’
यो सिजनमा ३ पटकसम्म हिउँ पर्दा पटक पटक मुक्तिनाथ सडकखण्ड अवरुद्ध हुँदै आएको थियो । मुस्ताङमा तेस्रो पटक गत बिहीबार भएको हिमपातले कागबेनीदेखि मुक्तिनाथ जोड्ने सडक लगातार ६ दिनसम्म सवारी आवागमन ठप्प भएको थियो । सडकमा ३ फिटसम्म हिउँ जमेकाले मुक्तिनाथका लागि सवारी उकालो उक्लन कठिन परेको थियो ।
यसअघि हिमपातले कागबेनी—मुक्तिनाथ सडक लगातार ६ दिनसम्म सवारी साधन चल्न सकेनन् । कागबेनीबाट माथि मुक्तिनाथ जान तीर्थालुले पैदलै वा घोडा चढ्न बाध्य भएका थिए । सडक अवरुद्ध भएपछि कागबेनी, मुक्तिनाथ, झारकोट र खिंगाका घोडावाला स्थानीयले तीर्थालुलाई शुल्क लिएर सेवा दिएका थिए । उनीहरुले मुक्तिनाथ जाने तीर्थालुलाई दोहोरो आउजाउ शुल्क ५ हजार लिएका थिए । आर्थिक रुपमा घोडा सवार गर्न नसक्ने तीर्थालु पैदल हिँड्नुपर्ने अवस्था थियो ।







पोखरा–१५ खेलकुद : ५ किमी दौडको उपाधि विजय र समृद्धिलाई
मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया