दीपक मनाङ्गेलाई दुई दिन हिरासतमा राख्न अनुमति
समाधान संवाददाता
२०७६ माघ १० गते १६:०१

समाधान संवाददाता, पाेखरा
गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई दुई दिन थुनामा राख्न कास्की प्रशासनले अनुमति दिएको छ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीले मनाङेलाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश केसीले मनाङेलाई दुई दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिइएको बताए।
मनाङेविरूद्ध प्रहरीले केही सार्वजनिक अपराधअन्तर्गत अनुसन्धान गरिरहेको छ।
एन्फा कास्कीका अध्यक्ष रहेका गुरुङलाई सांसद मनाङेले मंगलबार झापड हानेका थिए। गुरुङले जाहेरी दिएपछि मनाङेलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो।




अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया