स्वास्थ्य चौकीको एम्बुलेन्सबाट साढे ३० किलो गाँजा बरामद

समाधान संवाददाता २०७६ माघ १२ गते १३:०२

समाधान संवाददाता,

Advertisement

हेटौंडा उपमहानगरपालिकाबाट प्रहरीले ३० किलो ६०० ग्राम गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ।

शनिबार साँझ करिब ७ बजे प्रहरीले वडा नम्बर १९ बाट बा२झ १७४९ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो।

Advertisement

मकवानपुर प्रहरी प्रवक्ता ललनकुमार कुर्मीका अनुसार इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको हो।

उक्त सरकारी एम्बुलेन्स रौतहटको डुमरिया स्वास्थ्य चौकीको रहेको खुलेको छ।

Advertisement

पक्राउ पर्नेमा चालक डुमरिया नगरपालिका९ का मोहम्मद खलिद, डुमरिया-४ का अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनी छन्।

उनीहरुले मकवानपुरकै कुनै ठाउँबाट एम्बुलेन्समा गाँजा ओसार्ने गरेको पत्ता लागेको छ।

एम्बुलेन्स रोकेर हेर्दा तीन वटा झोलाभित्र ६ पोकामा राखेको गाँजा फेला परेको थियो।

एम्बुलेन्सबाट ९१ हजार रुपैयाँ पनि बरामद भएको छ। एम्बुलेन्ससहित नियन्त्रणमा लिइएकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम दुईदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तथा सवारी साधनसमेत जफत हुने व्यवस्था छ।

सोही ऐनअनुसार उनीहरुमाथि कारबाही हुने प्रहरीले जनायो।


तपाईको प्रतिक्रिया