भारत तस्करी गर्न लागिएको एक्काइस तोला सुनसहित युवक पक्राउ

समाधान संवाददाता २०७६ माघ १३ गते ११:४५

समाधान संवाददाता, काठमाडाैं

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित सडकबाट सशस्त्र प्रहरीले आइतबार बेलुका २१ तोला सुनसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ बस्ने २३ वर्षीय दीपक महतो रहेको सशस्त्र प्रहरी बिओपी मटिहानीका प्रहरी निरीक्षक हिमाल थापाले बताए।   

Advertisement

१६ लाख २४ हजार ६०६ रुपैयाँ मूल्य पर्ने स्रोत नखुलेको सो परिमाणको सुन बा१२प ५०७६ नम्बरको कारमा राखी नेपालबाट भारत तस्करी गर्न लागिएको अवस्थामा युवक महतोलाई सशस्त्र प्रहरी बिओपी मटिहानीबाट प्रहरी निरीक्षक हिमाल थापाको नेतृत्वमा खटिगएको सशस्त्र प्रहरी टोलीले मटिहानी नगरपालिका– ८ स्थित सडकमा आइतबार बेलुका करिब ५:३० बजे जाँच गर्दा युवक महतो सुनसहित पक्राउ गरिएको प्रहरी निरीक्षक थापाले बताए।

कारमा सुनसहित पक्राउ परेका युवक महतोलाई आवश्यक कारवाहीका लागि सुन र कारसहित सशस्त्र प्रहरीले जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाएको जनाइएको छ।

Advertisement


तपाईको प्रतिक्रिया