चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, २ हजारभन्दा बढी प्रभावित

चीनको उहानमा कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न बनाउन लागिएको अस्पतालको संरचना । १३ सय देखि १५ सय बेड क्षमताको उक्त अस्पताल १ साताभित्र सञ्चालनमा आइसक्ने चिनियाँ अधिकारीले जनाएका छन् ।
तस्बिरः सिन्ह्वा
एजेन्सी
चीनको हुबेई प्रान्तमा कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या ८० पुगेको छ।
७६ जनाको निधन भएको पुष्टी भएपनि बिबिसीले आफ्नो समाचारमा ८० जनाको निधन भएको दाबी गरेको छ। यसबाट २ हजार ७ सय ४४ जनलाई आधिकारिकरुपमा संक्रमण भएको पुष्टी भएको छ भने करिब ५ हजार सात सय ९४ जनामा यो भाइरसको संक्रमण भएको अनुमान गरिएको छ।
यसैबीच फ्रान्सका स्वास्थ्यमन्त्री एग्नेस बुजिनले चीन सरकारसँग त्यहाँ रहेका आफ्ना नागरिकलाई जहाजमार्फत देश फर्काउने सहमती भएको बताएका छन्।
कोरोना भाइरसबाट कसरी बच्ने?
चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको छ। शुक्रबार स्वस्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गरी एकजना व्यक्तिमा संक्रमण देखिएको स्पष्ट पारेको छ।
हङकङमा गरिएको रिपोर्ट परीक्षणपछि नेपालमा पनि कोरोना भाइरसको संक्रमित व्यक्ति भेटिएको पु्ष्टि भएको हो। टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले शंका लागेर नमूना परीक्षणको लागि रगत हङकङमा पठाएको थियो।









गृहद्वारा १५ सहसचिव र उपसचिवको सरुवा, गण्डकीका ३ जिल्लामा नयाँ सिडिओ
पोखराको पामेमा राष्ट्रिय अटोक्रस च्याम्पियनसिप: ३६ राइडरबिच प्रतिष्पर्धा
कांग्रेसमा विशेष महाधिवेशनको दबाब: महामन्त्री थापालाई बुझाइयो स्मरण पत्र, पुस २८ सम्मको समयसीमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया