नवनिर्वाचित सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ

समाधान संवाददाता २०७६ माघ १३ गते १२:३६

समाधान संवाददाता, काठमाडाैं

सभामुखमा निर्वाचित भएका अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शितलनिवासका आयोजित सपथ ग्रहण समारोहमा राष्ट्रपति भण्डारीले सापकोटालाई सपथ खुवाएकी हुन् ।

Advertisement

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु, नेकपा नेताहरु उपस्थित भएका थिए । 

प्रतिनिधिसभाले आइतबार ४ महिना लामो रिक्तता अन्त्य गर्दै सापकोटालाई निर्विरोध सभामुखमा चयन गरेको थियो । सभामुखमा निर्वाचित भएको भोलिपल्टै सापकोटालले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटा दुई पटक मन्त्री भैसकेका छन्।

Advertisement


तपाईको प्रतिक्रिया