नवनिर्वाचित सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ
समाधान संवाददाता
२०७६ माघ १३ गते १२:३६

समाधान संवाददाता, काठमाडाैं
सभामुखमा निर्वाचित भएका अग्नि सापकोटाले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शितलनिवासका आयोजित सपथ ग्रहण समारोहमा राष्ट्रपति भण्डारीले सापकोटालाई सपथ खुवाएकी हुन् ।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरु, नेकपा नेताहरु उपस्थित भएका थिए ।
प्रतिनिधिसभाले आइतबार ४ महिना लामो रिक्तता अन्त्य गर्दै सापकोटालाई निर्विरोध सभामुखमा चयन गरेको थियो । सभामुखमा निर्वाचित भएको भोलिपल्टै सापकोटालले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् । सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटा दुई पटक मन्त्री भैसकेका छन्।
सम्बन्धित








नेका धादिङ पोखरा समितिको रक्तदानमा ४६ पिन्ट रगत संकलन
शुभप्रभात सहकारीमा विश्वको नेतृत्व
शान्ति श्रीष मगरको नयाँ गीत
प्यारामाउन्ट पब्लिक स्कुलको अभिभावक दिवस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया