एन्फा अध्यक्ष मीलनको म्याद थप, बिहीबारसम्म थुनामै रहने

समाधान संवाददाता २०७६ माघ १३ गते १३:०६

समाधान संवाददाता, पोखरा

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मीलन गुरुङलाई उच्च अदालत पोखराले बिहीबारसम्म थुनामै राखेर अनुसन्धान गर्न आइतबार प्रहरीलाई अनुमति दिएको छ । शुक्रबार पक्राउ परेका मीलनलाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो । पक्राउ परेको मितिले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न न्यायाधीशद्वय विनोदमोहन आचार्य र सुभाष पौडेलको वाणिज्य इजलाशले अनुमति दिएको उच्च अदालतका रजिस्टार कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

लेकसाइडको ओम गौरा होटेलका सञ्चालक हरिभक्त आचार्यले गत बिहीबार मीलनविरुद्ध बैंकिङ कसुरमा जाहेरी दिएका थिए । भोलिपल्ट अर्थात् शुक्रबार मीलन पक्राउ परेका थिए ।

Advertisement

साफ यु १८ च्याम्पियनसिपका बेला तयारी टोली आचार्यको होटलमा बसेको थियो । जसको जिम्मा एन्फा अध्यक्ष मीलनले लिएका थिए । त्यति बेलाको खर्चमध्ये मीलनले २ लाख रुपैयाँको चेक दिए पनि अहिलेसम्म नसाटिएको आचार्यले जाहेरीमा उल्लेख गरेका छन् । बैंकिङ कसुर अनुसार चेकमा उल्लेख भएको रकम पीडितलाई दिलाउने र ३ महिना जेल सजाय हुन सक्छ । बैंकिङ कसुर मुद्दामा म्याद थप गर्दै ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी प्रावधान छ ।

Advertisement

तपाईको प्रतिक्रिया