इशानीलाई पोखरा चाइल्ड आइकनकाे उपाधि

समाधान संवाददाता २०७६ माघ १३ गते १४:२८

समाधान संवाददाता
पोखरा

मिडिया ल्यान्डले पोखरामा आयोजना गरेको दोस्रो संस्करणको चायल्ड आइकनको उपाधि इशानी बराइलीले जितेकी छन् । शनिबार पोखरा सभागृहमा भएको फाइनलमा अन्य प्रतिष्पर्धी भन्दा अब्बल बन्दै सेन्टम्यारीज सेकेन्डरी स्कुलमा अध्ययनरत उनले उपाधि चुमेकी हुन् ।

प्रतियोगितामा जुनियरतर्फ फस्ट रनर्सअप मदर ल्यान्डमा अध्ययनरत प्राथना रेग्मी र सेकेन्ड रनर्सअप शिशु निकेतन विद्यालयमा अध्ययनरत लावन्य लम्साल बन्न सफल भए ।

Advertisement

यसैगरी सिनियरतर्फ फस्ट रनर्सअप कुमुदिनी होम्समा अध्ययनरत मानुशी भण्डारी र सेकेन्ड रनर्सअप शिशु निकेतनमा अध्ययनरत आकांक्षा आचार्य घोषित भए ।

कार्यक्रममा फाइनलमा पोखराका १५ विद्यालयबाट ३४ जना छात्रा र १६ जना छात्र गरी कुल ५० जना बालबालिकाले प्रतिष्पर्धा गरेको आयोजक मिडिया ल्यान्डको एमडि प्रतिमा श्रेष्ठले जनाइन् । पोखरा सभागृह हलमा हुने फाइनल प्रतियोगितामा जुनीयर तथा सिनियर गरी २ समूहमा विभाजन गरी प्रतिष्पर्धा गराइएको हो । आइकन भने दुबै समूहबाट एकमुष्ट छानिएको हो । उनीहरु सबै पोखरामा भएको अडिसनमार्फत् छानिएका थिए । छानिएका प्रतिभालाई व्यक्तित्व विकास, सामाजिक चेतना, पारिवारिक चेतना लगायतका तालिममार्फत् निखारिता थपेर अन्तिम प्रतिष्पर्धामा उतारिएको हो ।

Advertisement

प्रतियोगीताको निर्णायकमा गायक रामभक्त जोजिजू, गायिका इतु जोजिजु, रजनी ऋदम राई, मोडल विशाल गुरुङ, मिस तामाङ २०१७ कविता तामाङ, खेलाडि जमुना थापा, रमेश पाण्डे, तारा गुरुङ थिए ।

विजेता तथा उपविजताले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने श्रेष्ठले जनाइन् । टर्की, बुल्गेरिया, ब्राजिल, साउथ अफ्रिका लगायतका देशमा प्रतिष्पर्धा गर्न पाउनेछन् । यसअघि बुल्गेरियामा भएको कार्यक्रममा रोजा पाण्डेले उपाधि जितिन् । विशेषता बुढाथोकीले टर्की र बुल्गेरीया, अनिषा थापाले बुल्गेरीया, मेघिका काप्रीले टर्की, प्रयाग काफ्ले र दिव्यश्वरी भट्टराईले बुल्गेरीयामा सहभागी भई सवटाइटल जितिसकेका छन् । मिडिया ल्यान्डले सन् २०१० बाट काठमाडौंमा चाइल्ड आइकन सुरु गरेको थियो ।

तपाईको प्रतिक्रिया