इसेवा १० वर्षमा

समाधान संवाददाता २०७६ माघ १३ गते १४:३४

समाधान संवाददाता
काठमाडौं

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा फोन पे प्रालि’ दशौँ वर्ष प्रवेश गरेको छ । २००९ को अन्त्यमा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा मुलुकभर पुग्न सफल भएको कम्पनीको दाबी छ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने इसेवाले १ दशकको अवधिमा ठूलो फड्को मारेको छ भने आम मानिसलाई लाइन बसेर बिल भुक्तानी गर्नुपर्ने झन्झटबाट मुक्ति दिएको छ । यस अवधिमा इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब ७५ लाख बढीले सेवा लिइरहेका छन् भने हाल इसेवाका देशभर ४५ हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) छन् ।

Advertisement

इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या करिब १० लाख छ । देशैभर रहेका जोन, पोइन्ट तथा मोबाइल बैंकिङमार्फत ७५ लाखभन्दा बढीले इसेवाका सेवा लिइरहेका कम्पनीले जनाएको छ । इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका २ हजार भन्दा बढी सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

कम्पनीका अध्यक्ष विश्वास ढकालले मोबाइललाई कुराकानी गर्ने माध्यमबाट शुल्क भुक्तानी र किनमेल गर्ने साधनका रूपमा स्थापित गर्न सफल भएको बताए । उनले मोबाइल वित्तीय सेवालाई नेपालका दुर्गम क्षेत्रसम्म पु¥याएर आम मानिसको दैनिक जनजीवन सहज बनाउने कार्य आरम्भ गरेकोमा गौरवान्वित भएको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया