राष्ट्रपति रनिङ सिल्ड जारी

समाधान संवाददाता २०७६ माघ १४ गते १२:३२

समाधान संवाददाता
पोखरा

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड अन्तर विद्यालय खेलकुद प्रतियोगिता २०७६ जारी छ । गाउँपालिकाभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयबीचको एथलेटिक्स, लङजम्म, सटपुट लगायतका खेलमा विद्यार्थीबीच स्पर्धा भइरहेको छ ।

सोमबार भएको १ सय मिटर छात्र÷छात्रा दौडमा छात्रतर्फ बराह माविका सागर परियार प्रथम, शारदा माविका केशव जिसी द्वितीय र महेन्द्र माविका सरोज नेपाली तृतीय भए । छात्रातर्फ बराह माविका कविता अधिकारी प्रथम, उदय माविका विनु विक द्वितीय र माछापुच्छ्रे माविका रितिका तामाङ तेस्रो बने ।

Advertisement

२ सय मिटरतर्फ शारदा माविका केशव जिसी प्रथम, बराह माविका सागर परियार द्वितीय तथा पृथ्वीनारायण माविका भानुभक्त दाहाल तृतीय भए । छात्रातर्फ उदय माविका सुमित्रा अधिकारी प्रथम तथा रितु भण्डारी द्वितीय र माछापुच्छ«े माविका सुनिता विक तेस्रो भए ।

४ सय मिटर छात्रातर्फ उदय माविकी रितु भण्डारी प्रथम, सुमित्रा अधिकारी द्वितीय र बराह माविका कविता अधिकारी तृतीय बने । ८ सय मिटर छात्र दौडतर्फको इभेन्टमा ज्ञानज्योति माविका विवेक परियार प्रथम, महेन्द्र माविका मन्दिप नेपाली द्वितीय र बराह माविका सुजन ढुँगाना तृतीय भए भने छात्रातर्फ उदय माविका विनु विक प्रथम तथा रितु भण्डारी द्वितीय र माछापुच्छ्रे माविका सुस्मा कुँबर तृतीय भए ।

Advertisement

लङजम्प छात्रातर्फ उदय माविका विनु विक प्रथम, महेन्द्र माविका सुशीला शाही द्वितीय र शारदा माविका गोमा पुन तृतीय बने । छात्रतर्फ शारदा माविका जीवन पुन प्रथम, महेन्द्रका महादेव अधिकारी र सरोज नेपाली क्रमशः द्धितीय र तृतीय भएका छन् ।

सटपुट छात्रतर्फ शारदा माविका राजेश गुरुङ प्रथम र शुक्लागण्डकी माविका सुजन नेपाली द्वितीय र मिलन पुन तृतीय भए । रिले दौड छात्रातर्फ उदय माविका विनु विक प्रथम, महेन्द्र माविका सुशीला शाही द्वितीय र शुक्ला गण्डकीका अञ्जना नेपालीले तेस्रो स्थान हासिल गरे ।

आइतबार सुरु भएको प्रतियोगिता मंगलबार समापन सकिनेछ । सोमबार भएका स्पर्धामा विजयी खेलाडीलाई नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष याम गुरुङ, वडाध्यक्ष शाही, पूर्व अन्तर्राष्ट्रिय खेलाडी लेखनाथ लम्साल, प्रतियोगिता आयोजक समिति सचिव गोविन्द अधिकारी लगायतले पुरस्कार वितरण गरे ।

तपाईको प्रतिक्रिया