नेकपाले गर्यो शिवमायालाई केन्द्रीय सदस्यमा मनोनीत
समाधान संवाददाता
२०७६ माघ १५ गते ११:३३

समाधान संवाददाता, काठमाडाैं
नेपाल कम्युनिष्ट पार्टी नेकपाले पूर्वउपसभामुख समेत भइसकेकी सांसद शिवमाया तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।
शिवमायाले उपसभामुख बनेपछि पार्टी सदस्यता त्याग गरेकी थिइन्। सभामुख र उपसभामुख पदमा निर्वाचित भएपछि दलगत आबद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधान छ।
पार्टीले केन्द्रीय सदस्य मनोनीत गरेपछि आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा उनले भाग लिन पाउने छिन्।
उनी एकीकरण भएर नेकपा बन्नु अघि एमालेकी केन्द्रीय सदस्य थिइन्।
एउटै पार्टीबाट सभामुख र उपसभामुख बनाउन नपाइने संवैधानिक प्रावधानका कारण पार्टीले अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन्।
सम्बन्धित








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया