बिबिसीको समाचार शाखाका ४५० जनाले गुमाए जागिर
समाधान संवाददाता
२०७६ माघ १६ गते १३:३७

एजेन्सी
बेलायती प्रसारण संस्था बिबिसीका ४५० जनाको रोजगारी गुमेको छ।
खर्च कटौती गर्ने योजना र स्रोत तथा दर्शकहरुको आवश्यकता बदलिएको भन्दै बिबिसीले उनीहरुलाई अवकास दिइएको जनाएको छ।
बिबिसीले बुधबार गरेको घोषणा अनुसार लामो अनुसन्धान र छलफलपछि कर्मचारी कटौती गर्ने अप्रिय निर्णय गर्नु परेको हो।
‘बिबिसीले आफ्ना दर्शक तथा स्रोताको नयाँ चाहना र आवश्यकताका कारण नयाँ चुनौती सामना गर्नु परेको छ, त्यही अनुसार हामीले पनि नयाँ कदमहरु चाल्न थालेका छौँ,’ बीबीसीका समाचार तथा समसामयिक मामिला प्रमुख फ्रान अनस्वार्थले भने।
सम्बन्धित
तपाईको प्रतिक्रिया