सेनाका सुभाषले जिते पर्वतीय दौड

समाधान संवाददाता २०७६ माघ १७ गते १३:१२

समाधान संवाददाता
पोखरा

पोखरा १६ अर्मलामा बिहीबार भएको पर्वतीय दौडको उपाधि नेपाली सेनाका सुभाष कार्कीले जितेका छन् । पोखरा केआइसिंह पुल दीपबाट सुरु भएको दौडको १२ किलोमिटर दूरी कार्कीले ५३ मिनेट ३३ सेकेन्डमा पूरा गर्दै नगद १५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

मोरङका याङ्देन राईले उक्त दूरी ५४ मिनेट र रुकुमका देवराज बुढामगरले ५४ मिनेट ४५ः४५ सेकेन्डमा पूरा गरी तृतीय भए । उनीहरुले क्रमश १० हजार, ५ हजारका साथमा मेडल र प्रमाणपत्र हात पारे ।

Advertisement

अर्मलामै आयोजित भलिबल प्रतियोगिताको उपाधि मादी गाउँपालिकाको तप्राङ युवा क्लबले पृथ्वीनारायण क्याम्पसलाई ३–१ को सेटमा हराएको छ । पृथ्वीनारायण क्याम्पस टिमले उपविजेतामै चित्त बुझायो । विजेताले नगद ४० हजार र उपविजेताले २५ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।

विजेता खेलाडी तथा टिमलाई प्रतिनिधि सभा सदस्य विद्या भट्टराई र पोखरा १६ का अध्यक्ष जीवन आचार्यले पुरस्कार वितरण गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया