सुमनलाई व्यास अल्ट्रा म्याराथन उपाधि

कृष्ण न्यौपाने
दमौली
व्यास नगरपालिकाले सहिद दिवसमा आयोजना गरेको तेस्रो व्यास नगर अल्ट्रा म्याराथनको उपाधि सोलुखुम्बुका सुमन कुलुङले जितेका छन् । व्यास नगरपालिका ५ मानहुँदेखि व्यास नगरपालिका ८ पुलिमराङसम्म ४४ किमी दूरी २घन्टा ५९ मिनेटमा पार गर्दै कुलुङले उपाधि जितेका हुन् ।
प्रतियोगितामा कालिकोटका देवराज महतरा द्वितीय र भोजपुरका तीर्थ तामाङ तृतीय भए । उनीहरुले क्रमश उक्त दूरी ३ घन्टा २ मिनेट र ३ घन्टा ३ मिनेटमा पार गरेका थिए । प्रतियोगितामा धादिङका पूर्ण तामाङ, भोजपुरका सरीन तामाङ, रामेछापका गोपाल तामाङ, गोरखाका सयुनराज गुरुङ र स्याङ्जाका निराजन गुरुङलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ । उनीहरुले उक्त दूरी क्रमश ३घन्टा १८ मिनेट, ३ घन्टा १८ मिनेट ४० सेकेन्ड, ३ घन्टा २३ मिनेट, ३ घन्टा ३२ मिनेट र ३ घन्टा ४४ मिनेटमा पार गरेका थिए ।
प्रतियोगितामा ७० जना धावक सहभागी थिए । मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे,चापाघाट, अनसन चौतारी, सफासडक, भोर्लेटार चोक, बैरेनी, दुम्सी, कलेस्ती, पाथ्रा, सत्रसय, बानियाँ डिही, बर्लाची, सोतीबेंसी, बगुवा, रिस्ती, बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर सकिएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ८१ हजार ७६ रुपैयाँ, ६१ हजार ७६ रुपैयाँ र ५१ हजार ७६ रुपैयाँ प्राप्त गरे । सान्त्वना हुने ५ जनालाई समान १६ हजार ७६ रुपैयाँ प्रदान गरिएको छ । विजेतालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले पुरस्कार वितरण गरे ।
खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित व्यास नगरपालिकाले प्रत्येक वर्ष सहिद दिवसका दिन म्याराथन प्रतियोगिता गर्दै आएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।








एमालेको ११औं महाधिवेशन भोलिदेखि, ओली र पोखरेल नेतृत्वको दौडमा
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया