अलपत्र परेका ४ पर्यटकलाई हेलिकोप्टरमार्फत उद्धार

राकेश शर्मा
म्याग्दी
म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङको माथिल्लो क्षेत्रमा ३ दिनदेखि अलपत्र परेका ४ जना नेपाली पर्यटकको सकुसल उद्धार गरिएको छ । पर्यटकीय स्थल खोप्रालेकबाट नारच्याङ गाउँ झर्दै गर्दा बिहीबारदेखि हिउँ भएको क्षेत्रमा बाटो बिराएर अलपत्र परेका सर्लाहीका अंकीत साह, अभिषेक महतो, धनगढीका सुमन भट्ट र दोलखाका सञ्जीत लामालाई ३ दिनमा उद्धार गरिएको हो ।
खोजीको लागि गएको टोलीले अप्ठ्यारो ठाउँमा अलपत्र परेका पर्यटकलाई उद्धार गरी र्यालेखर्कको फाँटमा ल्याएपछि त्यहाँबाट हेलिकोप्टरमार्फत् उद्धार गरी नारच्याङ बेंसिगाउँ ल्याइएको थियो । स्वास्थ्यमा समस्या देखिएका अंकीत र सुमनलाई उपचारको लागि हेलिकप्टरमार्फत् पोखरा लगिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिए ।
‘पोखरा पठाइएका २ जनाको स्वास्थ्य खतरामुक्त छ, ४ जनालाई सकुसल उद्धार गर्न सफल भएका छौं’, प्रजिअ ढकालले भने । पर्यटकीय क्षेत्र घोडेपानी हुँदै खोप्रालेक भएर नारच्याङ झर्ने क्रममा पर्यटकले जंगलमै रात कटाउन बाध्य भएका थिए । शुक्रबार साँझसम्म सफल उद्धार हुन नसकेपछि गृहमन्त्रालयलाई हेलिकोप्टरको व्यवस्था गर्न अनुरोध गरिएको थियो । शनिबार विहान ९ बजे उद्धार खोजीमा गएको टोलीले अलपत्र पर्यटकलाई भेटेका थिए । टोलीले उनीहरुलाई अप्ठ्यारो ठाउँबाट फाँटमा ल्याएपछि सिम्रिक एयरको हेलिकोप्टरले २ चरणमा उनीहरुलाई वेंसीगाउँमा पुर्याएको थियो ।
४ पर्यटकले बाटो नचिनेर अलपत्र परेपछि स्थानीय युवासँगै प्रजिअ ढकाल, प्रहरी नायब उपरीक्षक किरणजंग कुँवर र सशस्त्र प्रहरीसमेतको टोली स्थलगत उद्धार र खोजीमा जुटेका थियो । हिउँले बाटो ढाकिएका कारण बाटो नदेखेपछि जंगलको अप्ठ्यारो भूभागमा अलपत्र परेका युवाले मोबाइल फोनमार्फत् आफूहरु अलपत्र परेको जानकारी गराएका थिए । शनिबार बिहान उद्धार गरिएको पर्यटक लामा र भट्ट डाक्टर, महतो र साह इन्जिनियर हुन् ।





‘९ औं मा हारें, १०औंमा कुरा मिलेन, अब उपाध्यक्ष छोड्दिनँ’
जनप्रिय क्याम्पस ३५ वर्षमा
जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया