घाँसामा पर्यटक ‘रिफ्रेस’ सेन्टर

समाधान संवाददाता
मुस्ताङ
म्याग्दी र मुस्ताङको सीमावर्तीक्षेत्र मुस्ताङको थासाङ गाउँपालिका ४ घाँसामा पर्यटक रिफ्रेस सेन्टर स्थापना भएको छ । म्याग्दी हुँदै लामो दूरीको यात्रा गर्दै मुस्ताङ आएका पर्यटक तथा तीर्थालुलाई मध्यनजर गर्दै रिफ्रेस सेन्टर स्थापना गरिएको हो ।
‘रिफ्रेस’ सेन्टर सञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले पहल गरेका हुन् । घाँसामा प्रहरी चेकपोस्ट, ट्राफिक निगरानी र एक्यापको एकै ठाउँमा चेकपोस्ट रहेकाले पर्यटकलाई रिफ्रेस गर्ने सुविधा उपलब्ध गराइएको एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए । लामो दूरीमा थकित पर्यटकले रिफ्रेस सेन्टरमा विश्राम गर्न सक्नेछन् भने त्यहाँ शौचालय, शुद्ध पिउने पानीको व्यवस्था गरिएको उनले बताए । उनका अनुसार रिफ्रेस सेन्टरमा पर्यटकले मुस्ताङका बारेमा विभिन्न जानकारी तथा त्यहाँ खटिएका कर्मचारीबाट सल्लाह, सुझाव लिन सकिने जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयको घाँसास्थित प्रहरी इकाइले मुस्ताङ आउजाउ गर्ने पर्यटकलाई नियमित चेकजाच गर्ने गरेको छ । त्यहाँ ट्राफिक प्रहरीले मुस्ताङ भित्रिने सवारी साधन चेकजाँच गर्छ । एक्यापले मुस्ताङ भित्रिने र बाहिरिने पर्यटकको तथ्यांक संकलन गर्दै आइरहेको छ । यसअघि एक्याप र प्रहरीको कार्यालय अलग ÷अलग रहँदा पर्यटकलाई सास्ती परेको थियो । एकै ठाउँमा सबै काम र सुविधा उपलब्ध भएपछि पर्यटकलाई सहज भएको एक्याप प्रमुख दाहालको भनाइ छ ।








पुष्प सदन एकेडेमीको अभिभावक दिवस
प्रगति माध्यमिक विद्यालयको खेल उत्सव सुरु
उत्पादनमा लगानी गर्दै अर्घौं कृषि सहकारी
नेका धादिङ पोखरा समितिको रक्तदानमा ४६ पिन्ट रगत संकलन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया