सरुभक्तलाई प्रेम साहित्य सम्मान

समाधान संवाददाता
काठमाडौं
किताब यात्रा फाउन्डेसनले सन् २०२० को ‘प्रेम साहित्य सम्मान’ साहित्यकार सरुभक्तलाई प्रदान गरेको छ । ‘किताब जात्रा’ २०२० को उद्घाटन सत्रमा शनिबार साहित्यकार सरुभक्तलाई फाउन्डेसनले सम्मान गरेको हो । प्रेमप्रसाद अधिकारीको स्मृतिमा यसवर्षदेखि प्रदान गर्न लागिएको पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रुपैयाँ छ ।
‘सिर्जनालाई मानवीय अहम्को उदात्तीकरण परिभाषित गर्दै प्रयोग गरेको पूर्णताउन्मुख शून्यवादले नेपाली साहित्यको दार्शनिक मानक स्थापना गर्न सफल भएको ठहर गर्दै यस वर्षको प्रेम साहित्य सम्मान प्रदान गरिएको छ,’ सरुभक्तलाई प्रदान गरिएको सम्मानपत्रमा उल्लेख छ ।
पुरस्कार ग्रहण गर्दै साहित्यकार सरुभक्तले अतिरिक्त मौलिक साहित्य सिर्जना गर्नमा आफू सदैव लागिरहेको बताए ।
‘लाखे नाच’ प्रस्तुत गर्दै तथा पानसमा दीप प्रज्वलन गरी जात्रा उद्घाटन गरियो । लाखे उपत्यकाका चाडपर्वमा मनाइने जात्रामध्ये १ मौलिक नाच हो । हाँस्य कलाकार हरिवंश आचार्यले कार्यक्रम उद्घाटनपछि पछिल्लो समय पठन संस्कृति विकास भएकाले किताबको भविष्य उज्ज्वल भएको बताए ।
तपाईको प्रतिक्रिया