समाधानकर्मी कृष्ण न्यापानेलाई पर्यटन पत्रकारिता पुरस्कार

समाधान संवाददाता २०७६ माघ २० गते १२:०८

समाधान संवाददाता, पोखरा

तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूलढुंगादेखि बन्दीपुर बजारसम्म पूर्वाधारयुक्त केबुलकार निर्माण गरिरहेको कम्पनीले घोषणा गरेको पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कार समाधान दैनिकका दमौली संवाददाता कृष्ण न्यौपानेलाई प्रदान गरिने भएको छ ।

कम्पनीका निर्देशक तारानाथ उपाध्यायको संयोजकत्वमा गठित छनोट तथा वितरण समितिले उक्त पुरस्कार न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कार कम्पनीको पाँचौं साधारणसभाका अवसरमा यही माघ २५ गते प्रदान गरिने केबुलकारको निर्माण कम्पनी आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन् प्रालिका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

Advertisement

केबुलकार र बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि कलम चलाएबापत न्यौपानेलाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कारको राशि १ लाख रुपैयाँको सेयर छ । केबुलकार परियोजना पूर्ण चरणमा सुरु भएको १ वर्षपछि पुरस्कारको राशि ३ लाख पुर्‍याइने र वार्षिकरुपमा ३ पत्रकारलाई पुरस्कृत गरिने कम्पनीले जनाएको छ । बन्दीपुर, आँबुखैरेनी आसपासका क्षेत्रमा पर्यटन प्रवद्र्धन एवं उद्यमशीलता जागरण ल्याउन कलम चलाएबापत कम्पनीले पुरस्कृत गर्ने नीति बनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया