गुरुङ पर्यटन व्यवसायी संघमा राम गुरुङ

समाधान संवाददाता
पोखरा
गुरुङ पर्यटन व्यवसायी संघ गण्डकी प्रदेशको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन भएको छ । अधिवेशनले पोखरा क्यानोनिङका सञ्चालक राम गुरुङको अध्यक्षतामा आगामी ३ वर्षका लागि नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्ष मितेरी ट्रक्सका सञ्चालक किसमकुमारी गुरुङ, द्वितीय उपाध्यक्ष डिलमाया ट्रक्सका सञ्चालक विकास गुरुङ, महासचिव मनश्री ट्राभल्स एन्ड टुर्सका सञ्चालक अभिलास गुरुङ, कोषाध्यक्ष होटल शान्तिका सञ्चालक सीता गुरुङ चयन भए । सदस्यमा रक लेन्ड रेस्टुरेन्टका सञ्चालक कुमार गुरुङ, होटल प्याराडाइज इनका सञ्चालक जुबु गुरुङ, होटल दिदीका सञ्चालक विष्णु गुरुङ (एकता), पिस प्यागोडा ट्रक्सका सञ्चालक राजेन्द्र गुरुङ, फेन्टियर्स प्याराग्लाइडिङका सञ्चालक भूपाल गुरुङ, जाम जाम ट्रक्सका सञ्चालक कन्यप्रसाद गुरुङ, स्टार कटेजका सञ्चालक मानसिं गुरुङ, होटल लेक भ्यालीका सञ्चालक अनील गुरुङ छन् ।
यसअघि अधिवेशनको उद्घाटनपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिले नेपालमा व्यवसायीका लागि लगानी गर्ने सुनौलो समय रहेको भन्दै काठमाडौंमा मात्रै केन्द्रित रहने व्यवसायीले पोखरा र गण्डकी प्रदेश लक्षित आफ्नो लगानी बढाउन आग्रह गरे ।
गण्डकी प्रदेश पर्यटकीय र प्राकृतिक दृष्टिकोणले नेपालकै उत्कृष्ट प्रदेश रहेको भन्दै यहाँको पूर्वधार विकासका लागि पनि आफूहरु दृढ भएर अघि बढेको बताए ।
मानिसलाई भाग्यले जीवनमा १ पटकमात्र ढोका ढक्ढक्याउने भन्दै व्यवसायीलाई पनि यतिबेला अवसर आएको धारणा राखे । उनले अवसर चिन्न नसके सधैंलाई पछि परिने तर्क गरे ।
संघका निवर्तमान अध्यक्ष बोबरजंग गुरुङले आफूहरु सबै क्षेत्रसँग हातमालो गर्दै अघि बढ्न चाहेको भन्दै व्यवसायीको समस्या सरकारले पनि बताए ।
जिटिनका संस्थापक केन्द्रीय अध्यक्ष कुलबहादुर गुरुङले संघले थुप्रै नेतृत्वकर्ता जन्माउन सफल भएको र एउटालाई पर्दा अर्कोले सहयोग गर्ने परिपाटी बसालेको दाबी गरे ।
कार्यक्रमा संघका वर्तमान केन्द्रीय अध्यक्ष अम्बिर गुरुङ, निवर्तमान अध्यक्ष कमला गुरुङ, माछापुच्छे« गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङ, तमु सञ्चारकर्मी संघ कास्की अध्यक्ष शान्ति गुरुङ लगायतले बालेका थिए ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया