रोशन घर्तीमगर हिसान आइडल

समाधान संवाददाता २०७६ माघ २४ गते १३:३१

समाधान संवाददाता
पोखरा

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीले दोस्रो हिसान कास्की लोकनृत्य प्रतियोगिता तथा प्रथम हिसान कास्की आइडलको उपाधि कास्की मोडर्नाइज्ड एकेडेमीका रोशन घर्तीमगरले हात पारेका छन् । उनले उपाधिसहित २० हजार, ट्रफी र प्रमाणपत्र हात पारे ।

प्रतियोगितामा न्यु लाइट सेकेन्डरी स्कुलकी अन्जना गुरुङ फस्ट रनरअप हुँदै १५ हजार पुरस्कार प्राप्त गरिन् । सेकेन्ड रनरअपमा भाष्कर मेमोरियल स्कुलकी अन्जु गुरुङ बन्न सफल भइन् । गुरुङले १० हजार नगद हात पारिन् । प्रतियोगितामा ५ हजारसहित सान्त्वना पुरस्कार ताराकुञ्ज इंलिस बोर्डिङकी डोलमाया गुरुङले जितेकी थिइन् ।

Advertisement

प्रतियोगिताको अडिसन राउन्ड माघ १८ गते भएको थियो । हिसान कास्कीमा आबद्ध ६८ विद्यालय तथा कलेजका विद्यार्थीबीच एकल नृत्य प्रतियोगिता गराई फाइनल प्रतिस्पर्धाका लागि उत्कृष्ट १० छानिएको थियो । अडिसन राउन्डबाट रोशन घर्ती मगर कास्की मोर्डनाइज्ड एकेडेमी, अञ्जना गुरुङ न्यु लाइट माध्यमिक विद्यालय, ज्योति गुरुङ न्यु मोडेल छानिएका थिए । सुप्रिया गुरुङ बाल प्रभात माध्यमिक विद्यालय, मीनाक्षी तिलिजा माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय, डोलमाया गुरुङ ताराकुञ्ज माध्यमिक विद्यालय, रबिना पुर्जा न्यु एरा माध्यमिक विद्यालय, अञ्जु गुरुङ भाष्कर मेमोरियल स्कुल, सुयशा पुन पश्चिाञ्चल माध्यमिक विद्यालय र विनीता नेपाली ग्लोबल कलिजियट माध्यमिक विद्यालयका छनोट भएका थिए ।

हिसान कास्की अध्यक्ष डा. रामजी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले हिसानले कला र संस्कृति जोगाउने काम गरेको बताए ।

Advertisement

मन्त्री गुरुङले दोस्रो मुलुकबाट भित्रिने संस्कृतिले आफ्नो मौलिकता हराउने भन्दै सबै मिलेर नेपाली संस्कृति जोगाउनु पर्ने बताए । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय गण्डकीका निर्देशक विष्णुनारायण श्रेष्ठ, जिल्ला विकास तथा समन्वय इकाई प्रमुख नारायणप्रसाद सुवेदी, प्याब्सन कास्की अध्यक्ष प्रेमप्रसाद शर्मा, युनिप्स अध्यक्ष शान्तकुमार गुरुङ, हिसानका उपाध्यक्ष याम रोका, सचिव दिवाकर जैसी, हिसानका सदस्य प्रेमराज अधिकारी लगायतले बोलेका थिए ।

प्रतियोगितामा निर्णायक समितिमा नृत्य निर्देशक ऋषिकेश श्रेष्ठ, नृत्य निर्देशक संघका केन्द्रीय सदस्य रञ्जना सिटिसो र नृत्य निर्देशक प्रदीपमान श्रेष्ठ थिए । प्रतियोगितामा बालकलाकार प्रिन्स लम्साल, लोक गायक तारापति सुवेदी, माया गुरुङ लगायतले मनोरञ्जनात्मक प्रस्तुति राखेको हिसान कास्कीका सहसचिव नारायण शर्मा चापागार्इँले जानकारी दिए ।

तपाईको प्रतिक्रिया