१ महिने मगर भाषा प्रशिक्षण

समाधान संवाददाता
पोखरा
नेपाल मगर संघ, नमुना इकाइ समिति पोखरा १४, चाउथेको आयोजनामा एक महिने मगर भाषा प्रशिक्षण सुरु भएको छ । बुधबारदेखि सुरु भएको मगर भाषा प्रशिक्षण १ महिनासम्म सञ्चालन हुने अध्यक्ष ओम श्रीसमगरले जानकारी दिए । उक्त भाषा कक्षामा इकाइ समितिका ३५ घरधुरीका मगर भाषा बोल्न नजान्ने मगर समुदायका सदस्यको सहभागिता रहेको अध्यक्ष श्रीसमगरले जानकारी दिए । मगर भाषा प्रशिक्षक रूद्रबहादुर श्रीस मगर छन् ।
मगर भाषा लोप हुँदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्दै मगर भाषा बोल्न नजान्ने मगर समुदायमा मगर भाषा सिकाउने अभियान सुरु गर्न लागिएको नेपाल मगर संघ कास्कीका भाषा तथा शिक्षा विभाग प्रमुख शिव थापामगरले बताए । नेपाल मगर संघ नमुना इकाइ समिति सल्लाहकार कृष्ण पुनमगरले मगर भाषा प्रशिक्षण अभियानले आफ्नै मातृभाषामा कुराकानी गर्न सक्ने वातावरण बन्ने विश्वास व्यक्त गरे ।






हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
गृह र अध्यागमनको टोली कोरला नाकामा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया