एनएमबीले कञ्चन डेभलपमेन्ट प्राप्ति गर्ने

समाधान संवाददाता
पोखरा
एनएमबी बैंकले १० वर्षदेखि बैंकिङ कारोबार गर्दै आइरहेको कञ्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । यसबारे आइतबार सम्झौता भएको हो ।
एनएमबी २५ वर्षदेखि बैंकिङ कारोबार गरिरहेको नेपाल राष्ट्र बैंकबाट क वर्गको बैंकिङ कारोबार गर्न इजाजतपत्र प्राप्त बैंक हो । कञ्चनको प्राप्तिले राष्ट्रको प्रादेशिक संरचनामा एनएमबी बैंकको सन्तुलित वित्तीय पहुँचको मार्गचित्र कोर्न नयाँ आयाम थपिने जनाइएको छ ।
यसले ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा दिगो वित्तीय सेवा र विकास प्रदान गर्न सहयोग पुग्ने बैंकले जनाएको छ । एनएमबीले लगातार २ पटक बैंक अफ दि इयर उपाधि भएको छ । कञ्चन डेभलपमेन्ट सुदूर पश्चिममा प्रभावकारी सेवा प्रदान गर्दै आएको राष्ट्रिय स्तरको ‘ख’ वर्गको बैंक हो ।
कञ्चनको कार्यक्षेत्र कैलाली, कञ्चनपुर, डंडेलधुरा, बैतडी र डोटी हुन् । यसले१७ शाखा तथा ३ एक्सटेन्सन काउन्टरबाट सेवा दिइरहेको छ । एनएमबीले कञ्चन प्राप्ति गरेपछि यस बैंकको सुदूर पश्चिम प्रदेशमा शाखा २४ पुग्नेछ भने एक्सटेन्सन काउन्टर ४ वटा हुने छन् ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया