प्रेस युनियन तनहुँमा अमरराज नहर्की अध्यक्ष पदमा निर्वाचित

समाधान संवाददाता, दमौली
नेपाल प्रेस युनियन तनहुँ शाखाको सातौँ अधिवेशनबाट अमरराज नहर्की अध्यक्ष पदमा निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनले नहर्कीकोे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अध्यक्षमा निर्वाचित नहर्कीले ३० मत र प्रतिस्पर्धी पवन पौडेलले १९ मत प्राप्त गरे । सचिवमा प्रकाश अधिकारी ३० मत ल्याई निर्वाचित भए । ६४ सदस्यमध्ये ५० मत खसेको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष र सचिव पदमा मात्र निर्वाचन भएको थियो । अन्य पदमा सर्वसम्मत भएको थियो । अधिवेशनबाट शाखाको उपाध्यक्षमा प्रताप रानामगर, महिला उपाध्यक्षमा मिला दरै, सहसचिवमा शिला वाग्ले, कोषाध्यक्षमा प्रकृति खनाल न्यौपाने र सदस्यमा श्रीहरि पौडेल, रमेश विकल, अप्सरा श्रेष्ठ, सञ्जय श्रेष्ठ र मुना कालिराज विके निर्वाचित भए ।
यसैगरी केन्द्रीय पार्षदमा डम्बर अधिकारी, ओमकार आचार्य, सोनी शर्मा, वसन्त कँडेल, विमला दुवाडी, मदन वाग्ले, शैलेन्द्र मिश्र, डिपी अधिकारी, अञ्जु दाहाल र प्रदेश पार्षदमा पूर्ण विके, दीपेन्द्र पौडेल, स्वस्तिका भट्टराई गैरे, सङ्गम सापकोटा, विष्णु मास्की, डिल्लीराज जोशी र शैलेश खाती निर्वाचित भए ।
नवनिर्वाचित अध्यक्ष नहर्कीले श्रमजिवी पत्रकारको हकहितमा काम गर्ने प्रतिबद्धता जनाए । सोही अवसरमा निवर्तमान अध्यक्ष ओमकार आचार्यले नवनिर्वाचित अध्यक्ष नहर्कीलाई ‘माइन्युट’ हस्तान्तरण गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले अधिवेशनको उद्घाटन गरेका थिए । सोही अवसरमा नेपाल विद्यार्थी संघका पूर्वसहमहामन्त्री लक्ष्मीभक्त खनालले पिता नरहरि खनालको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापनाका लागि ५० हजारको चेक हस्तान्तरण गरे ।









जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया