खोंचमा अड्किएको कुकुर बचाउदाँ आफै त्यहीँ अड्किए आकाश
समाधान संवाददाता
२०७६ माघ २८ गते १२:२४

समाधान संवाददाता, पोखरा
सेती नदीको खोंचबाट १ जनाको सकुशल उद्धार गरिएको छ । पोखरा ९ पार्वती टोलको खोंचमा खसेका २३ वर्षीय आकाश गुरुङको उद्धार गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
खोेंचमा अड्किएको कुकुर बचाउन लाग्दा गुरुङ आफैं त्यहीँ खसेका थिए । उनलाई खोंचमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । गुरुङको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ । प्रदेश सशस्त्र प्रहरी गण र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनको उद्धार गरेको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया