घुससहित वडा सदस्य र इन्जिनियर पक्राउ

समाधान संवाददाता २०७६ माघ २८ गते १२:३२

समाधान संवाददाता, पोखरा

तनहुँको भानु नगरपालिका १३ का वडा सदस्य र १ इन्जिनियर सोमबार घुस रकमसहित पक्राउ परेका छन् । वडा सदस्य कृष्णबहादुर अधिकारीमार्फत् नगरपालिकाकै इन्जिनियर सुकदेव अधिकारीले ७५ हजार रुपैयाँ घुस लिइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुवैजनालाई नियन्त्रणमा लिएको हो । विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिस र कार्यसम्पन्न प्रतिवेदन बनाइदिएवापत घुस रकम मागेको सूचनाका आधारमा आयोगको पोखरा कार्यालयको टोली सोमबारै भानु पुगेको थियो । दुवैजनालाई सोमबारै पोखरा ल्याएर प्रहरी हिरासतमा राखिएको छ । थप अनुसन्धानका लागि मंगलबार उनीहरुलाई आयोगकै कार्यालय काठमाडौं पठाइने छ ।

Advertisement

तपाईको प्रतिक्रिया