अमेरिकाले गण्डकीमा लगानी बढाउने

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा लगानीका सम्भावना खोज्न अमेरिकी टोली पोखरा आइपुगेको छ । अमेरिकाको वासिङ्टनमा स्थापना भएको नेपाल विकास संघ (नेपाल डेभलपमेन्ट कन्सोर्टियम) को टोली पोखरा आएको हो ।
नेपाल र अमेरिकाबीच लगानी र व्यापारका सम्भावनाबारे मंगलबार पोखराका उद्योगी÷व्यवसायीसँग गरेको अन्तक्र्रियामा अमेरिकी टोलीले गण्डकी प्रदेशमा आकर्षक लगानी गर्न तयार रहेको बताएका थिए । पोखरा उद्योग वाणिज्य संघ तथा नेपाल विकास संघको संयुक्त आयोजनामा भएको अन्तक्र्रियामा विकास संघका संस्थापक सदस्य देवदत्त दासले संयुक्त लगानी गर्न तयार रहन अनुरोध गरे । उनले सम्भावनाका क्षेत्र पहिचान गरी पोखरेली उद्योगी÷व्यवसायीसँग लगानी बढाउन चाहेको प्रतिक्रिया दिए ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीको केहीअघि भएको वासिङ्टन भ्रमण र उनकै निम्तोमा त्यहाँका गभर्नर नेपाल आउन लागेको जानकारी दिँदै उनले भ्रमण समयमा विभिन्न क्षेत्रसँग लगानी सम्झौता हुनसक्ने बताए ।
‘यहाँका मुख्यमन्त्री (पृथ्वीसुब्बा गुरुङसँग असाध्यै राम्रो योजना छ, यहाँ क्यान्सर अस्पताल, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी गर्न सकिने सम्भावना छ’, उनले भने, ‘सियाटलमा साना हिमालहरु छन्, त्यहाँ प्रसस्त स्कि रिसोर्ट खोलिएका छन्, यहाँको मनाङ र मुस्ताङमा पनि त्यो सम्भावना छ ।’
कार्यक्रममा संस्थाका अर्का संस्थापक सदस्य मुर्ती कालकोराले व्यवसाय सफल हुन उत्पादनको अनुपात, योजना, योग्य कामदारको छनोट, व्यवस्थापन र आफ्नो उत्पादनसँग त्यहाँको संस्कृतिबारे जानकार हुनुपर्ने बताए । अन्तक्र्रियामा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले वासिङ्टनका गभर्नरको भ्रमणको बेला आउने लगानीकर्तासँग सहकार्य गर्न आफूहरु तयार रहेको बताए ।
उनले द्विपक्षीय लगानीले नेपाली उद्योगी÷व्यवसायीले सञ्चालन गर्ने उद्योग÷व्यवसायको दायरा बढ्ने धारणा राखे । संघका उद्योग उपाध्यक्ष बिन्दु कोइराला सुवेदीले नेपालमा सम्भावना नै सम्भावना भएको बताउँदै पूँजी र प्रविधि भित्र्याउन सके मुनाफा कमाउन सकिने धारणा राखिन् । सुवेदीले नेपालमा अमेरिकन लगानी भित्रिन सके राम्रो प्रविधि भित्रिने भन्दै पोखरा र पोखरेलीको सपना पूरा गर्न सहज हुने बताइन् । संघका महासचिव अर्जुन पोखरेलले लगानीका क्षेत्रहरु पहिचान गरि सहकार्यको हात बढाउन पोखरेली र अमेरिकन व्यवसायीसँग आग्रह गरे ।








सामुदायिक स्कुल विकासका प्रयास
लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म
संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया