दूध महंगियो

समाधान संवाददाता
पोखरा
राष्ट्रिय व्यावसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज नेपाल कास्की शाखाले भैंसीको मूल्य बढाएको छ । गाईको दूधको भने यथावत रहेको संस्थाले जनाएको छ ।
दाना, चोकर, पराल लगायतका सामग्रीमा भएको मूल्य वृद्धिका कारण दूधको मूल्य समयसापेक्ष रुपमा समायोजन गरेको समाजका कास्की शाखा कोषाध्यक्ष वीरेन्द्र भण्डारीले बताए । उनले किसानलाई उचित मूल्य दिनुका साथै उपभोक्तालाई समेत असर नपर्ने गरी आगामी फागुन १ गतेदेखि भैंसीको खुला दूधको मूल्य प्रतिलिटर १ सय २० कायम गर्ने निर्णय गरेको बताए । यसअघि भैसीको खुला दूधको मूल्य १ सय १० रुपैयाँ थियो ।
गाईको दूध प्रतिलिटर ९० रुपैयाँ नै कायम गरिएको छ । ‘सरकारले किसानका समस्याको कुनै सम्बोधन नभएका कारण नचाहँदा नचाहँदै दूध र दुग्धजन्य पदार्थको मूल्यवृद्धि गरेका छौं,’ कोषाध्यक्ष भण्डारीले भने । संस्थाले छलफल, अन्तक्र्रिया, किसान भेला तथा सम्बन्धित निकायलाई जानकारी गराएर निर्णय गरेको दावी गरेको छ । समाजले संस्थामा आवद्ध, समस्त किसान र दूध बिक्रेता सप्लायर्सलाई आआफ्नो ठाउँबाट निर्णय कार्यान्वयन गर्न आग्रहसमेत गरेको छ ।









अन्नपूर्ण क्षेत्रमा ११ महिनामा पौने ३ लाख पर्यटक, अप्रिलमा सर्वाधिक
बेनी–जोमसोम–कोरला सडक : १३ पुल निर्माण सम्पन्न, ३ वटा अन्तिम चरणमा
गुप्तेश्वरका एमबिए विद्यार्थीको ‘फिल्ड भिजिट’ मा कालाबाङ होमस्टे पुग
चिल्ड्रेन नेपालको २९ औं साधारणसभा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया