भ्यालेन्टाइन्स् डेमा ‘लभ डायरीज’ नेपालभर प्रदर्शन हुने

समाधान संवाददाता २०७६ फागुन १ गते १२:४४

निश्चल प्रजापती
पोखरा

भ्यालेन्टाइन्स् डेको अवसर पारेर नेपाली चलचित्र ‘लभ डायरिज’ नेपालभर प्रदर्शनमा आउने भएको छ । बुधबार पोखराको मिडटाउन ग्यालेरियामा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त चलचित्र फेब्रुअरी १४ अर्थात फागुन २ बाट प्रदर्शन गरिने जानकारी दिइयो ।

सौरभ चौधरीद्वारा निर्देशित र विनोद सापकोटाले निर्माण गरेको चलचित्रका मुख्य कलाकार रुबिना थापा, सुशील श्रेष्ठ र विश्वजीत रिमाल छन् । कलाकार रुबिना थापा र विश्वजीत रिमालको यो पहिलो चलचित्र हो । निर्देशक सौरभ चौधरी पनि यही चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दै छन् । सुशील श्रेष्ठको भने यो पाँचौँ चलचित्र हो ।

Advertisement

नायकको भूमिका गरेका कलाकार सुशील श्रेष्ठले भने, ‘हेरुन्जेल आँखालाई आनन्द हुने र सुन्न रमाइलो हुने खालको चलचित्र छ यो ।’ चलचित्र मायाले भरिएकाले प्रेमीहरुलाई एकचोटि गएर हेरिदिन उनले आग्रह गरे । नवकलाकार रुबिना थापाले पनि चलचित्रको कथा एकदमै बलियो भएको बताइन् ।

२ वर्षअघि नै छायांकन भएको लभ डायरिज शुक्रबारबाट मात्रै प्रदर्शन हुन लागेको हो । विभिन्न प्राविधिक समस्याले गर्दा प्रदर्शनमा ढिला भएको थापाले जानकारी दिए । ‘होस्टेल रिटन्र्स्’ बाट डेब्यू गरेका श्रेष्ठका पछिल्ला चलचित्र असफल भएकामा उनले लभ डायरिज आफ्नो परीक्षा भएको बताए । ‘हार नै जितको पहिलो पाइला हो,’ उनले भने, ‘म यस क्षेत्रमा प्रवेश गर्दा मार्गदर्शन भएन । असफल नभएको भए लभ डायरिजबाट सिक्ने मौका पाउँदैनथेँ ।’

Advertisement

चलचित्र असफल हुनुमा निर्देशक र कथाकारको पनि दोष हुने थापाले बताए । उनले भने, ‘नेपालको दर्शक संख्या पनि सानो छ । तर बलिउडमा जस्तो नेपालमा पनि दर्शकले साथ दिए निर्माता, कलाकार सबैलाई प्रोत्साहन मिल्छ ।’ पत्रकार सम्मेलनका अध्यक्षता गरेका चलचित्र पत्रकार संघ कास्कीका नवनिर्वाचित अध्यक्ष अरुण गिरीले ‘लभ डायरिज राम्रा चलचित्रको सूचीमा परोस्’ शुभकामना दिए । विद्यार्थी पत्रकार

तपाईको प्रतिक्रिया