विप्लव नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष पक्राउ

समाधान संवाददाता २०७६ फागुन १ गते १५:३२

समाधान संवाददाता, काठमाडाैं

नेत्रविक्रम चन्द विप्लव समूह नेतृत्वको अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष चिरञ्जिवी ढकाललाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार करिब सवा १ बजे काठमाडौंको संकटा क्षेत्रबाट ढकाललाई महानरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

उनीसँगै अन्य चार जना पनि पक्राउ परेको एसएसपी सहकुल थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया