करणी प्रयास गरेको आरोपमा २ युवक पक्राउ
समाधान संवाददाता
२०७६ फागुन २ गते १२:५१

समाधान संवाददाता, गोरखा
जबर्जस्ती करणी प्रयास गरेको आरोपमा गोरखामा २ युवक पक्राउ परेका छन् । रुकुम जिल्ला चौरजहारी नगरपालिका ६ घर भएका २० वर्षीय राज विक र सोही स्थानका ३४ वर्षीय प्रेमबहादुर नेपालीलाई प्रहरीले गोरखाको भीमसेन थापा गाउँपालिकाबाट पक्राउ गरेको हो ।
भीमसेन थापा गाउँपालिका ३ बास भन्ज्याङमा गत शनिबार १ युवतीलाई बाटो छेकेर करणीको प्रयास गरेको आरोप उनीहरुमाथि लागेको छ ।
प्रहरीले आइतबार उनीहरुलाई पक्राउ गरी जबर्जस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया