पोखरामै जे–टेस्ट परीक्षा दिने व्यवस्था

समाधान संवाददाता २०७६ फागुन २ गते १३:२८

समाधान संवाददाता
पोखरा

पोखरामा रहेका जापानिज भाषा अध्ययनरत विद्यार्थी लक्षित कम शुल्कमा जे टेस्ट परीक्षा दिन मिल्ने व्यवस्था मिलाइएको छ । सांग्रिला एजुकेसन फाउन्डेसनको आयोजना एवं भाषा संघ नेपालको सहयोगमा बुधकार आयोजित अन्तक्र्रियामा जे–टेस्ट परीक्षाबारे जानकारी दिइयो ।

जे टेस्ट परीक्षाका संयोजक कृपानाथ श्रेष्ठले विद्यार्थीलाई भाषा दक्षता प्रदान अभिप्रायले कार्यक्रम आयोजना गरिएको बताए । जापानिज जे टेस्ट परीक्षालाई विद्यार्थीले गाह्रो मानिरहेको भन्दै उनले परीक्षा सोचे जस्तो गाह्रो नभएको सुनाए । उनले जे टेस्ट परीक्षा पोखरामा नै दिन सकिने हुँदा अब काठमाडौँ जाने झन्झटबाट पनि मुक्त हुने उल्लेख गरे ।

Advertisement

भाषा संघ नेपालका अध्यक्ष प्रकाशकुमार श्रेष्ठले यस परीक्षा २ महिनाको अन्तरालमा वर्षमा ६ पटक सञ्चालन गरिने बताउँदै कम लागतमा व्यवस्थित तबरले परीक्षा दिन सकिने सुनाए ।

यसैबीच जे टेस्ट परीक्षाका संयोजक कृपानाथ श्रेष्ठले जे टेस्ट परीक्षामा आधारित तयारी पुस्तक सार्वजानिक गरेका छन् ।

Advertisement

कार्यक्रममा भाषा संघ नेपालका सल्लाहकार विक्रम उदास, निवर्तमान अध्यक्ष युवराज खनाल लगायत पोखरामा सञ्चालित ४० वटा जापानिज संस्थाका करिब १ सय जनाको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया