वुहानबाट १७५ नेपालीकाे उद्दार, १० जना अझै चीनमै

समाधान संवाददाता २०७६ फागुन ४ गते १२:०५

समाधान संवाददाता, काठमाडाैं

चीनकाे वुहानबाट १ सय ७५ जना नेपाली लिएर उडेकाे नेपाल एयरलाइन्सकाे जहाज आइतबार बिहान ३ बजेर २२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण छ ।

नेपालले हुवेई प्रान्तमा रहेका १ सय ८५ जना आफ्ना नागरिकलाई उद्दार गर्ने भनेपनि १० जना छुटेका छन्।

Advertisement

६ जना भने स्वास्थ्य समस्याका कारण नेपाल आउन पाएनन् । शरीरको तापक्रम ३७.३ डिग्री सेल्सियस भन्दा माथि देखाएपछि चीन सरकारले उनीहरुलाई नेपाल जान नदिने बताएका थिए । ती ६ जनामा कस्तो स्वास्थ्य समस्या देखिएको भन्ने विज्ञप्तिमा खुलाइएको छैन।

अन्य चारजना भने आफ्नो इच्छाले नेपाल नआएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Advertisement

नेपालबाट उद्दारको लागि जहाज आउने भएपछि हुबेई  प्रान्तमा रहेका नेपालीहरु शनिबार दिउँसै राजधानी वुहानमा जम्मा भएका थिए। दूतावासले विभिन्न सहरबाट आफ्ना नागरिकलाई ६ वटा बसमा वुहानसम्म ल्याएको थियो।

उनीहरुलाई विमानस्थलबाट सिधै भक्तपुरको खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रको भवनमा राखिनेछ। जहाजका पाइलटसहित अन्य सदस्यलाई भने चाँगुनारायण नगरपालिका-६, नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिनेछ। 


तपाईको प्रतिक्रिया