महराको अन्तिम सुनुवाइ जारी, आजै फैसला हुनसक्ने
समाधान संवाददाता
२०७६ फागुन ४ गते १२:२२

समाधान संवाददाता, काठमाडाैं
संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पुर्पक्षका लागि जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा आज अन्तिम सुनुवाइ भइरहेको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्मरराज पौडेलको इजलासमा आइतबार मुद्दाको सुनुवाइ भइरहेको छ।
अहिले महरा पक्षका वकिलहरूले बहस गरिरहेको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार आनन्दराज श्रेष्ठले जानकारी दिए।
उनका अनुसार सरकारी वकिलको बहस यसअघि नै सकिइसकेको छ।
‘अरू कुनै कुरा झिकाउने आदेश नभए आजै फैसला हुन सक्छ,’ श्रेष्ठले भने।
यसअघि महराले आफूलाई जेल पठाउने जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्ध पाटन उच्च अदालतमा निवेदन दिएका थिए। उच्च अदालतले जिल्लाको फैसलालाई सदर गरिदिएको थियो। उच्चले महिना दिनभित्र उक्त मुद्दाको अन्तिम टुंगो लगाउन पनि भनेको थियो।
सम्बन्धित







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया