बद्रीरमा वक्तृत्वकलामा रुचि प्रथम

समाधान संवाददाता
पोखरा
पोखरा ३० शिशुवास्थित कञ्चनजंगा एकेडेमिक सेन्टरले शनिबार आयोजना गरेको बद्रीरमा वक्तृत्वकला प्रतियोगितामा भवानी कालिका माविकी छात्रा प्रथम भएकी छन् । त्रिभुवन शान्ति माध्यमिक विद्यालयकी छात्रा भूमिका पौडेल र गोगन माविका छात्र आदित्य सुवेदी तृतीय भए । लक्ष्मी आदर्श माविकी छात्रा समीक्षा सुवेदीले सान्त्वना स्थान हासिल गरिन् ।
कार्यक्रम ८६ वर्षीय ज्येष्ठ नागरिक तथा समाजसेवी हिरामणि सुवेदीले उद्घाटन गरे । उनले आफू अहिलेका प्रधानमन्त्री केपी ओलीसँग जेल जीवन बिताएको स्मरण गरे । उनले भने, ‘ जहिले पनि रामं्रो असल काम गर्नुपर्छ, सकारात्मक सोच्नुपर्छ, दुखी हुनुपर्दैन ।’ बाबुआमाको स्मरण गर्ने तरिका धेरै भए पनि यस्ता कार्यक्रम गर्नु अब्बल सोच भएको उनले बताए । आफूले अहिले बोल्न सक्ने तर राम्ररी सुन्न नसक्ने भएको बताउँदै नकारात्मक सोच र व्यवहार नभए आत्मसम्मान मिल्ने धारणा राखे ।
विद्यालयका संस्थापक अध्यक्ष बद्रीनाथ अधिकारी तथा उनकी धर्मपत्नी रमा अधिकारीको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको प्रिन्सिपल सन्दीप अधिकारीले बताए । साविक लेखनाथ नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई समेटेर सामाजिक उत्तरदायित्व अन्तर्गतको गतिविधिमा सघाउने उद्देश्य कार्यक्रमको रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरन्द्रराज अधिकारीले बताए । उनले आगामी दिनमा बद्रीरमा स्मृति प्रतिष्ठानमार्फत् कार्यक्रम गर्ने योजना सुनाए ।
निर्णायक सदस्य सञ्जीव पौडेलले गलत बोल्नु खतरनाक हुने बताउँदै गोली र बोली उस्तै हुने बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्रराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन छात्रा विपासा पौडेलले गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया