संघ सरकारले प्रदेशको महत्व बुझ्दैछ

पृथ्वीसुब्बा गुरुङ
मुख्यमन्त्री, गण्डकी प्रदेश
हामी संघीयता कार्यान्वयनको पहिलो वर्षमा थियौं । प्रदेश सरकारमा म मुख्यमन्त्री भएर आउनुको तात्पर्य के थियो भने संघीयता कार्यान्वयनमा प्रदेशको भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुरालाई स्थापित गर्नु थियो । विकास निर्माणको काममा प्रदेशको छुट्टै भूमिका हुन्छ भन्ने स्थापित गर्नु थियो ।
संघीयता कार्यान्वयनमा गण्डकी प्रदेशले महत्वपूर्ण भूमिका निर्वाह गर्यो भन्ने सुखद अनुभूति भएको छ । कानुनी हिसाबले, विचारका हिसाबले, नीति कार्यक्रमका हिसाबले, बजेटका हिसाबले, संगठनका हिसाबले यो २ वर्षभित्र यो ठाउँमा आइएला भन्ने पोहोरसम्म लागेको थिएन । थप १ वर्षको अनुभवले चाहिँ सकिँदोरहेछ, हुँदोरहेछ भन्ने देखियो । पहिलाचाहिँ संघीयता कार्यान्वयन गर्न संघ सरकारमा बसेकाहरुले प्रदेशलाई कम महत्व दिएको, प्रदेशलाई कम महत्व दिन स्थानीय सरकारलाई थप महत्व दिएको अनुभूति भएको थियो । तर अहिले उनीहरुलाई विकास निर्माणका लागि, समृद्धिका लागि प्रदेशलाई बलियो नबनाइकन, प्रदेशले राम्रो काम नगरिकन संघ सरकारले मात्रै एक्लैले हुँदोरहेनछ भन्ने अनूभूति दिलाउन हामी सफल भएका छौं ।
संघले नगरेको कुरा र स्थानीयले गर्न नसकेको कुरा प्रदेश सरकारले गर्दाेरहेछ भन्ने अनुभूति दिलाउन सफल भएको अनुभूति मलाई भएको छ । संघले नदेखेको र स्थानीयले नसक्ने काम गर्न त आखिर प्रदेशै चाहिँदोरहेछ भन्ने भएकै छ । पहिला संघीयता कार्यान्वयनको अलमल थियो, त्यस्तो बेलामा प्रदेश सरकारका मुख्यमन्त्रीहरु बसेर छलफल गर्नुपर्ने थियो, साझा विचार बनाउनु थियो, संघ सरकारलाई झक्झक्याउनुपर्ने थियो र हामीले मुख्यमन्त्रीहरुको भेला गरेका थियौं । त्यही बैठकले गरेको ९ बुँदे साझा सहमतिमा केन्द्रित रहेर अन्तर प्रदेश परिषदको पहिलो र दोस्रो बैठकले २८ वटा महत्वपूर्ण निर्णय ग¥यो । ती बैठकमा प्रधानमन्त्री र मुख्यमन्त्रीहरु बसेर जे सहमति भयो, त्यो संघीयता कार्यान्वयनको कोसेढुंगा थियो । त्यो महत्वपूर्ण निर्णय भएको हाम्रो मुख्यमन्त्रीको भेलाकै कारण हो । त्यो भेला बाहिरबाट हेर्दा त्यो बैठक दबाब, आलोचना जस्तो भए पनि त्यसले सही नतिजा निकाल्यो । अहिलेसम्म आइपुग्दा धेरै मागहरु पूरा भयो । हामीलाई कानुनहरु बनाउन सजिलो भयो । संरचनाहरु हामीलाई हस्तान्तरण हुँदै आए । बजेट अझै धेरै दिनुपर्छ भन्ने हुँदैछ । राष्ट्रिय विकास समस्या समाधान समितिमा मुख्यमन्त्रीहरुलाई सामेल गर्नुपर्ने स्थिति आएको छ । त्यसले विकासमा देखापरेको धेरै समस्या हल गर्ने काम गरेको छ । जस्तोः जग्गा प्राप्ति भएन, जग्गा प्राप्ति गर्नुपर्छ भन्ने निष्कर्षमा समिति पुग्यो । इआइए गर्न संघमा पुग्नुपर्ने भयो भने विकास कसरी हुन्छ ? त्यो अधिकार प्रदेश र स्थानीय तहलाई दिनुपर्छ भन्ने थियो, त्यो हुँदैछ । क्रिकेटका लागि गण्डकी प्रदेशलाई जग्गा प्राप्ति भएको छ । जिआइटीको प्राप्त भएको छ । आयुर्वेद प्रादेशिक अस्पताल पनि हामीलाई हस्तान्तरण हुन्छ । प्रदेश सभाका लागि नगर विकास प्रशिक्षण केन्द्रको जग्गा पनि हामीलाई प्राप्त हुँदैछ । जग्गा हस्तान्तरण चाँडोभन्दा चाँडो गर्नुपर्दाेरहेछ भन्ने प्रधानमन्त्रीलाई अनुभूति दिलाउन सफल भइएको छ ।
प्रणाली नयाँ अपनाउने, संरचना नयाँमा जाने अनि कर्मचारी पुरानै तौरतरिकाको राखेर, प्रहरी पुरानै राखेर जनतालाई नयाँ अनुभूति हुँदैन । यो चिजलाई परिवर्तन गर्न हामीले योजनाबद्ध तरिकाले काम गर्न सकेका छैनौं । त्यसको असर हामीले भोगिराछौं । कर्मचारीलाई प्रदेशमा आउँदा वृत्तिविकास रोकिन्छ कि भन्ने त्रासबाट मुक्त गरिदिनुप¥यो । निजामती सेवा ऐनको जुन ड्राफ्ट भाछ, त्यसले पनि कर्मचारीको समस्याको सम्बोधन नगरेको हुँदा कर्मचारीहरु आतंकित छन् । अलमलमा छन् । भयग्रस्त छन् । यसको समाधान गर्न जरुरी छ ।
हामीलाई अलि रकमको अभाव हो । अहिले हामी सबभन्दा बढी समपुरक र विशेष अनुदान तान्ने हाम्रो गण्डकी प्रदेश सरकारै हो । किनभने हामीले व्यवस्थित योजना प्रस्ताव गरेका थियौं । मापदण्डका आधारमा त ५५ वटा सडकमा ५० वटा गण्डकीकै प¥यो । हामीले योजनाबद्ध प्रस्ताव गरेका थियौं । ४ अर्बभन्दा बढी हामीले पाउने भयौं । बहुवर्षे सडक हाम्रोमा मात्रै पर्ने भयो भनेर अरुले पाएन भनेर फेरि खैलाबैला भयो । तर १ अर्बभन्दा बढी हामीले पाउने भयौं । समपुरक भएको हुँदा हामीले अर्काे १ अर्ब रुपैयाँ हालेर सडकको काम गर्छाैं ।
५ सय ३५ वटा सडक थिए हामीलाई हस्तान्तरण भएर आएका । २६ करोड रुपैयाँ बजेट हाल्दियो । तर दामासाहीले हाल्दा ८÷८ लाख रुपैयाँमात्रै पर्दाेरहेछ । तर गत सालै १३ करोडको काम भइसकेकमा, २० करोडका काम भइसकेका सडक थिए ती । २६ करोड रुपैयाँबाट कसरी पैसा दिने ठेकेदारलाई भनेर हामीले १२० वटामात्रै सडक हामीले रोज्यो । १ सय २० वटा सडक अब ३ वर्षभित्र सक्छौं भनेका छौं संघले हस्तान्तरण गरेका । १ अर्ब ३७ करोड मागेका थियौं । झन्डै झन्डै १ अर्ब जति दिइसक्यो । ३० वटा सडक यो वर्ष नै सक्छौं । चाहिने पैसा दिनुपर्छ भनेको छु । अर्थमन्त्रीले पनि दिन्छु भन्नुभएको छ ।
सिँचाइको ४÷५ सय योजना छ हामीलाई हस्तान्तरण गरेका । तर हामीले ४६ वटामात्रै रोज्यौं । १७ करोड रुपैयाँ देऊ भनेका छौं । ती सिँचाइका योजना कहाँ छन्, छन्, कसले कसले हालेको हो थाहा छैन । खानेहरु छन् नि, तिनले हालेका होलान् । तर हामीले ४६ वटामात्रै रोज्यौं । खर्च गर्न सक्ने हिसाबले १७ करोड मागेका हौं । यो वर्ष १०÷१५ वटा सिँचाइ सक्छौं ।
३ सय ९० वटा खानेपानी योजना छन् संघका । त्यो घटाउन सकेनौं । ती चाहिएका छन् । यस वर्ष ५० करोड हाल्देऊ भन्यौं । १ सय ३० वटा खानेपानी योजना यो वर्ष सक्छौं भनेका छौं । बाँकीलाई पनि पैसा दिन्छु भन्नुभाछ अर्थमन्त्रीले र त्यसपछि सक्छौं । प्रदेशको आधारभूत खानेपानीको योजना छ । आधारभूत खानेपानीको प्रबन्ध गर्न १ सय ३० वटा योजना बनाएका छौं । त्यसलाई ८० करोडदेखि १ अर्ब देऊ भनेका हौं । ८० करोड आइसक्यो ।
जनशक्तिको अभाव केही न केही छ । २८ जना इन्जिनियर करारमा राखेका छौं । करारमा जनस्वास्थ्यमा राख्नुपर्नेछ । जनस्वास्थ्यमा अहिले पनि ५४ प्रतिशतमात्रै पदपूर्ति छ । माथि अनुमति मागेर करारमा भर्ना गर्छाैं । राष्ट्रिय समस्या समाधान समितिमा कराएको करायै गरेको छु । सबै जिल्लामा खानेपानी कार्यालय राख्देऊ भनें । भूसंरक्षणको कार्यालय गण्डकीभरि जम्मा २ वटा जिल्लामा छ । पूर्वाधारको कार्यालय ५ वटा छ । तर भूसंरक्षण र पूर्वाधार पनि सबै जिल्लामा हुनुपर्छ ।
एउटा अस्पताल पनि हामीलाई एउटा दिएको थिएन । जिल्ला अस्पताल तिमीहरुको हो भन्यो । क्षेत्रीय क्षयरोग केन्द्र पनि दिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि दिने भनेको छ । पोखरा विश्वविद्यालय पनि प्रदेशको हुने भनेको छ । हामीले अर्काे विश्वविद्यालय पनि बनाउने भनेका छौं । सक्छौं हामी दुवै विश्वविद्यालय चलाउन सक्छौं ।
स्थानीय तहसँग हामीले नै धेरै समन्वय गरेका छौं । तलबाट माग भएर आएकोमा पैसा दिन थालेका छौं । अरु प्रदेशले भन्दा स्थानीय तहसँग हामीले धेरै सहकार्य गरेका छौं । पालिकाहरुलाई कानुन निर्माणका लागि सहजीकरण गरेका छौं । विधि प्रक्रिया पु¥याएर कानुन निर्माण गर्न सघाउन तालिम ग¥यौं । योजनामा पनि सहजीकरण गरेका छौं । एउटै योजनामा दोहोरो तेहोरो बजेट अबचाहिँ हुँदैन । ढुंगागिटी बालुवाको रोयल्टीमा धेरैतिर अनियमित भएको छ, स्थानीय तहसँग प्रदेशको अन्तरविरोध त्यहाँ छ । तर कानुन बनाउने प्रदेशले बनाउने हो, त्यो स्थानीय तहले पालना गर्नुपर्छ ।
बजेट खर्च मैले सोचेअनुसार भएको छैन । दसैंतिहारसम्म योजनाहरुको ठेक्का लागिसक्नुपर्छ भनेको हुन सकेको छैन । ३२ अर्बको बजेटमध्ये १९ अर्ब ८४ करोड निर्माणमा छ । त्यसमध्ये १६ अर्ब भौतिक पूर्वाधारतिर छ । खानेपानीको त्यहीं भो । सिँचाइको त्यहीं भो । पुलको त्यहीं भो । सडकको त्यहीं भो । कर्मचारी कम भएको हुनाले, डिपिआर बेलामा बनाउन नसकेको कारणले अझै भनेअनुसारको काम भएको छैन । अझै कार्यालयको अभाव छ । लमजुङको मान्छे भवन बनाउन गोरखा जानुपर्छ । खानेपानीको कार्यालय लमजुङमा छैन, गोरखामा जानुपर्ने भएको छ । संरचनाको अभाव छ । कर्मचारीको अहिले पनि अभाव छ । ७÷८ सय कर्मचारी अहिले पनि अभाव छ । खरदार नभए सुब्बाले काम चलाइदिन्छ तर जेटिएको अभाव भए अरुले काम गरेर भएन, डक्टरको काम अरुले गरेर भएन । तर खर्च ९५ प्रतिशत पुग्छ भन्ने विश्वास अहिले पनि छ ।
आइई र एआइए रिपोर्ट प्रदेशले गर्न पाउनुपर्छ भन्ने हाम्रो माग छ । कतिपय इआइए रिपोर्ट भनेर सडक बनाउन पाइएको छैन । जस्तो करपुटारबाट लमजुङ सदरमुकाम जाने सडक ३ खण्ड बनाएर काम गर्नुपरेको छ ।
पोखरादेखि दुम्कीबास सडक नेपाल सरकारको केन्द्रीय योजनामा सिफारिस गरेका छौं । त्रिवेणी दुम्किबास सडक निर्माण गर्न अनुमति आएन । अब सुरुङ मार्ग बनाउन अध्ययन गर्ने गरी पार्नुपर्नेछ ।
पर्यटनको पूर्वाधारका लागि टे«किङ रुटको सौन्दर्यकरण गर्ने र व्यवस्थित गर्ने काम गरेका छौं । होमस्टमा पुग्ने सडकहरु राम्रो बनाइदिने काम गरेका छौं । सामुदायिक भवन बनाइदिने काम गरेका छौं । पार्कहरु बनाइदिने काम गरेका छौं । अरु प्रदेशमा पनि होमस्टे चलिराछ । योजनाबद्धचाहिँ हाम्रोमा छ । निजी क्षेत्रलाई हामीले केवलकारहरु बनाइदेऊ भनेका छौं । प्रदेशहरुको राजधानीलाई हवाई मार्गले जोड्नुप¥यो भनेका छौं । १ नम्बरसँग जोडियो । ३ नम्बरसँग जोडियो । ५ नम्बरसँग जोडियो । अब अरुमा जोड्नुपर्नेछ ।
पोखरा—काठमाडौं सडक फास्ट ट्र्याकमा लैजाने पनि पर्यटन पूर्वाधारसँग जोडिने कुरा हो । मध्यपहाडी लोकमार्ग पनि कम्प्लिट भयो भने यातायातको अभाव हुँदैन । हवाई मार्ग र सडकमार्ग बनेपछि त पर्यटकको अभाव हुँदैन भन्ने लाग्छ । अब बरु स्तरीय होटलहरु बनाउनुप¥यो । पोखरालाई २४ सै घन्टा ऐन बनाउनुपर्छ भने बनाउन हामी तयार छौं । मदिराको समय सीमा हुनुपर्छ । उमेरको सीमा हुनुपर्छ । ठाउँको सीमा हुनुपर्छ । त्यसले पर्यटनलाई मर्यादित बनाउँछ । सुरक्षा दिन हामी तयार छौं ।
फेवातालको समस्या यो वर्ष हामी गर्छाैं । संघ सरकारलाई सीमा बनाइदिनुप¥यो भनेर भनेको छु । अधिकार अख्तियार हामीलाई प्रत्यायोजन गरे हामी गर्छाैं । फेवातालको काम यो वर्ष हुन्छ । हिमागृह र रत्नमन्दिर निजी कम्पनीलाई हुँदैन । प्रदेश सरकारले लिन्छ । व्यवस्थापनको जिम्मा हामीलाई दिनोस् भनेर भनेको छु ।
कृषि अनुदानको काम मेरो सोचाइअनुसार हुन सकेको छैन । आधुनिक खेती गरेर उत्पादन १० गुना बढाउन सकिन्छ । अर्गानिक उत्पादन गर्नुप¥यो भन्ने हो । विज्ञहरुको कुरा कर्मचारीहरु सुन्नै चाहँदोरहेनछ । तर पनि यो वर्ष रिभ्यु गरेर जान्छौं । एउटा देखिने परिवर्तन हुनुप¥यो भन्ने हो ।
क्याबिनेट परिवर्तन गर्ने कुरा मन्त्रीहरुको कार्यसम्पादन हेरेर हेरफेर गर्ने कुरा हुन्छ । मूल्यांकन गर्ने बेला त भयो । अहिले ७ वटा मन्त्रालय बनाएर जुनजुन जिम्मेवारी राखिएको छ, त्यो अवैज्ञानिक छ । कमसेकम ९ वा १० वटा मन्त्रालय बनायो भने व्यवस्थित हुन्छ । ४÷५ वटा विषय एकै ठाउँमा राख्नुहुँदैन । उद्योग पर्यटन एकातिर र वन वातावरण अर्कातिर गरेर केही न केही गर्नुपर्छ । भौतिक पूर्वाधारमा पनि ऊर्जा र सडक, सिँचाइहरु फरक फरक हुनुपर्छ । चुलो थपिएपछि खर्च केही बढ्छ तर डेलिभरी राम्रो हुन्छ । पुँजीगत खर्च बढाउनुपर्छ । पुँजीगत खर्च गरेमात्रै बजार चलायमान हुन्छ । अर्थतन्त्र राम्रो हुन्छ । पुँजीगत खर्च बढाउन मन्त्रालयहरु छुट्याएर बढाउनुपर्ने छ । आर्थिक वर्षको बीचमा मन्त्रिपरिषद हेरफेर गर्नु हुँदैन भन्ने पक्षमा छु ।
हामीले कुन ठाउँमा कसले जितेको छ भनेर बजेट छुट्याउने गरेका छैनौं । जहाँ आवश्यकता छ, त्यहाँ बजेट राखेका छौं । अहिलेसम्म गण्डकीबासीको सदभावप्रति अनुगृहित छु । रचनात्मक आलोचनाको स्वागतमा छ । सबैमा आशा छ । प्रतिपक्षले पनि खासै अप्ठेरो पारेको छैन । नकारात्मक भूमिका छैन । ध्वंसात्मक छैन । कमजोरी हुँदा भएका आलोचना स्वागतयोग्य नै छन् । यो सरकारले ५ वर्षमा गण्डकी प्रदेश सरकारले गण्डकीलाई माथि उठाउनुपर्छ । विकासका लागि सर्वपक्षीय सहमति होस् भन्ने हो । सबैको चाहना समृद्धि हो । यही भावनाअनुसार काम गर्दा उपलब्धि होला भन्ने विश्वासमा छु ।




अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया