सुरजलाई सचिन स्मृति दौडको उपाधि

कृष्ण न्यौपाने
दमौली
रोटर्याक्ट क्लब अफ दमौलीले क्लबका संस्थापक सचिव स्व. सचिनकुमार श्रेष्ठको स्मृतिमा शनिबार आयोजना गरेको दौडको उपाधि सुरज दुराले जितेका छन् । दमौलीदेखि र घाँसीकुवादेखि दमौलीसम्मको ९ किमी दूरी ३३ मिनेट ४७ सेकेन्डमा पूरा गर्दै व्यास नगरपालिका ६ सिसाघाट निवासी दुराले सत्रौ सचिन स्मृति दौडको उपाधि जितेका हुन् ।
भारतीय सेनामा कार्यरत २८ वर्षीय दुराले बिदामा घर आएको बेला पहिलो पटक उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगितामा ३४ मिनेट १८ सेकेन्डमा उक्त दूरी पूरा गर्दै भानु नगरपालिका १२ का अनील मजकोटी द्वितीय भएका छन् । नम्बर ३ जगदल गण भानुमा कार्यरत २३ वर्षीय मजकोटी गत वर्ष पनि द्वितीय भएका थिए ।
प्रतियोगितामा ३५ मिनेट २३ सेकेन्डमा उक्त दूरी पूरा गरेर व्यास नगरपालिका ६ सिसाघाट निवासी १७ वर्षीय प्रमिश गुरुङ तृतीय भएका छन् । उनी व्यास नगरपालिका १ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत छन् । विजेताहरुले क्रमश ९ हजार १७ रुपैयाँ, ५ हजार १७ रुपैयाँ, ४ हजार १७ रुपैयाँ प्राप्त गरेका छन् ।
महिलातर्फ भएको दौडमा ४४ मिनेट ५९ सेकेन्डमा उक्त दूरी पार गर्दैै करुणा श्रेष्ठ प्रथम र ४५ मिनेट ५८ सेकेन्डमा उक्त दूरी पार गर्दै रोशी अधिकारी द्वितीय भएका छन् । उनीहरुले क्रमश १ हजार ५ सय र १ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिमा ३९ धावक सहभागी थिए ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले प्रतियोगिता उद्घाटन गरे । हरेक वष सहिद दिवसको अवसरमा मानहुँदेखि पुलिमराङसम्म अल्ट्रा म्याराथन आयोजना गर्दै आएको नगरपालिकाले यस वर्षको नारी दिवसमा दमौलीदेखि तनहुँसुरसम्म महिला दौड गर्न लागेको नगरप्रमुख न्यौपानेले जानकारी दिए ।








सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया