सडकमा मेला गर्दै सिटी रेवान

समाधान संवाददाता २०७६ फागुन ५ गते ११:५३

समाधान संवाददाता, पोखरा

पोखरा नगर रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (सिटी रेवान) को आयोजनामा आठौं संस्करणको ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टिवल’ हुने भएको छ । फागुन २३ देखि २५ गतेसम्म महोत्सव हुने सिटी रेवान अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए । यस पटकको महोत्सव सडकमा आयोजना गरिने भएको छ ।

पोखराको सिर्जनाचोकदेखि आलुमाइला चोकसम्मको सडकमा महोत्सव हुनेछ । महोत्सवमा मौलिक खानाका परिकार र हस्तकलाका स्टललाई प्राथमिकतामा दिइनेछ । स्थानीय संघ, संस्थासँग सहकार्य गरी हुने फेस्टिबलको तयारी तीव्र बनाइएको तिमिल्सिनाले बताए । जाल्पादेवी बहुउद्देश्यीय विकास समिति, सिर्जना विकास केन्द्र, जाल्पादेवी सिर्जनशील आमा समूह, जाल्पादेवी तायमचा समूह, पिसजोन एकेडेमी लगायत र टोलबासीको सहमतिमा मेला सडकमा गर्न लागिएको उनको भनाइ छ । सडकमै विविध सांस्कृतिक कार्यक्रमसमेत हुने छन् । लोप हुन लागेका खानाका परिकारसमेत स्टलमा राखिनेछ । कृषि प्रदर्शनीसमेत हुने मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ ।

तपाईको प्रतिक्रिया