फेरी एबिसी पुग्न थाले पर्यटक

समाधान संवाददाता, पोखरा
१ महिनाअघिको हिमपहिरोपछि बन्द भएको अन्नपूर्ण सेन्चुरी पदमार्ग हुँदै पर्यटक अन्नपूर्ण आधार शिविर(एबिसी) जान थालेका छन् । घान्द्रुकबाट छोम्रोङ हुँदै पर्यटक एबिसी पुग्न थालेका छन् ।
पर्यटक हिड्न थालेपछि पदमार्गमा पर्ने सबै होटल खुलिसकेको छोम्रोङ पर्यटन व्यवस्थापन समिति अध्यक्ष बुद्धिमान गुरुङले बताए । बाक्लो हिमापातपछि माघ ३ मा हिंकु केभ र देउरालीको बीचमा हिमपहिरो आएपछि होटल बन्द गरी पोखरा आएका कामदार होटल फर्किएका हुन् । होटल सञ्चालक र कामदार फर्किसकेकाले पदमार्गमा पर्यटकलाई कुनै असुविधा नहुने उनको भनाइ छ ।
हिमपहिरो आएको ठाउँमा हिँड्न मिल्ने बाटो बनिसकेको छ । त्यहाँको हिउँ समितिकै अग्रसरतामा पन्छाएर बाटो खोलिएको छ । आन्तरिक र बाह्य पर्यटक आवागमन सुरु भइसकेको समिति सचिव दिलीप गुरुङ बताउँछन् । उनले भने, ‘हिउँमा रमाउँदै पदयात्रा गर्न चाहनेलाई अहिले उपयुक्त मौसम हो ।’ हिमपहिरोपछि १७ पर्यटक, गाइड र सहयोगी एबिसी पुगिसकेका छन् । पदमार्गको झिँनु, घुर्सुङ, किम्रोङखोला, छोम्रोङ, सिनुवा, बम्बु, दोभान, हिमालय, देउराली, माछापुच्छ्रे बेस क्याम्प (एमबिसी) र एबिसीमा गरी ६० होटल छन् । भ्रमण वर्ष सन् २०२० को तयारीस्वरुप होटल थपिँदै गरेको र पर्यटकलाई आतिथ्यता दिन आतुर रहेको अध्यक्ष बुद्धिमानले बताए । उनले एबिसी आउने पर्यटकलाई मौसम पूर्वानुमान, स्थानीय व्यवसायी, अनुभवी गाइडसँग समन्वय गर्न आग्रह गरेका छन् ।









सम्पादकीय—समानुपातिक प्रणालीको हुर्मत
इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया