प्रतीक्षा बनिन् मिस कल्चरकी विजेता

समाधान संवाददाता
पोखरा
छैटौं मिस कल्चर नेपाल २०२० को उपाधि हेमजाकी प्रतीक्षा बास्तोलाले हात पारेकी छन् । उनले मस्ट कन्फिडेन्ट टाइटलसमेत जितिन् ।
पुष्पाञ्जली फेसन एन्ड इभेन्टद्वारा आयोजित कार्यक्रममा फस्ट रनर अप सपना गौतम, सेकेन्ड रनर अप सुहाना क्षेत्री, थर्ड रनर अप करुणा पौडेल र बिबिका लामिछाने, भ्युवर च्वाइस सुस्मिता पौडेल, अर्गनाइजर च्वाइस प्रतीक्षा मल्ल ठकुरी र सस्मिता तिमिल्सिना र मस्ट ट्यालेन्ट प्रतीक्षा सुवेदीले जिते ।
प्रतियोगितामा बेस्ट क्याटवाक आर्जु शाही, बेस्ट हेयर र मस्ट इन्टिलिजेन्ट प्रतीक्षा सुवेदी, बेस्ट स्किन स्वस्तिका श्रेष्ठ, बेस्ट डान्स सल्मा आलेमगर, बेस्ट स्माइल र मस्ट फोटोजेनिक कृप्ति न्यौपाने, मस्ट डिसिप्लिन बिबिका लामिछाने, मस्ट एक्टिभ मनीषा राना, मस्ट हेल्पफुल सुस्मिता पौडेल, मस्ट फ्रेन्ड्ली प्रतीक्षा मल्ल ठकुरी, बेस्ट कल्चरल ड्रेस कृपा मल्ल ठकुरी, मस्ट क्रियटिभ सस्मिता तिमिल्सिना, बेस्ट पर्फमेन्स र मस्ट पंचुवल सपना गौतम घोषित भए ।
‘हाम्रो संस्कृति हाम्रो पहिचान लोपोन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने नाराका साथ आयोजित अन्तिम प्रतिस्पर्धामा १५ जना सहभागी थिए । गत माघबाट सुरु भएको प्रतियोगितामा ३० जना युवतीले प्रतिस्पर्धा गरेका थिए । उनीहरूले नेपालका लोपोन्मुख जातजातिका भेषभूषा झल्काएका थिए । कार्यक्रम पोखराका मेयर मानबहादुर जिसीले गरेका थिए ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया