प्रदुषित वायुले तुवाँलो

समाधान संवाददाता २०७६ फागुन ६ गते १२:३२

समाधान संवाददाता, पोखरा

दिनभर आकाश खुलेन । धुम्मिएको आकाश तुवाँलोले भरिएको थियो । सोमबार यस्तो दृश्य पोखरासँगै काठमाडौं र देशका थुप्रै भागमा देखिएको छ ।

पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायुमण्डलमा हावाको गति कम भएकाले तुवाँलो लागेको मौसमविद् मीनकुमार अर्यालले बताए । ‘मौसम नखुले पनि तत्काललाई वर्षा हुने सम्भावना छैन,’ मौसमविद् अर्यालले भने ।

Advertisement

मौसम खुला भई घाम लाग्न नयाँ वर्षा हुने मौसमी प्रणाली विकसित हुनुपर्ने मौसमविद्को भनाइ छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले दिएका जानकारीअनुसार बुधबार बिहानैदेखि नेपालमा पश्चिमी वायुको प्रभाव पर्नेछ । ‘यसले कति दिन र कस्तो प्रभाव पार्नेछ भन्ने कुरा पछि नै अनुमान गर्न सकिनेछ,’ नगरकोटीले भनिन्, ‘बुधबारचाहिँ देशका पहाडी भेगका केही स्थानमा वर्षा हुने सम्भावना देखिएको छ ।’

मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिन अनुसार बुधबार दिउँसो मौसम देशभर सामान्य बदली हुनेछ भने देशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । राति पनि मौसम तथा वर्षाको सम्भावना दिउँसोको जस्तै रहेको बुलेटिनमा उल्लेख छ । मौसम पूर्वानुमान महाशाखाले सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्ने भएकाले बुधबारपछिको अवस्था पछि नै भन्न सकिने मौसमविद् नगरकोटीले बताइन् ।

Advertisement

वायुमण्डलको प्रदूषणले पोखरा काठमाडौं रुटमा सोमबार हवाई उडानहरु रद्द भएका थिए । तुवाँलो बाक्लिए अन्तर्राष्ट्रिय उडानसमेत प्रभावित हुन सक्छ । मौसमविद्का अनुसार वायुमण्डलको पारदर्शिता ३ हजार मिटरभन्दा कम भएमा अन्तर्राष्ट्रिय उडान गर्न सकिँदैन । अन्तर्राष्ट्रिय उडानमा वायुको पारदर्शिता ३ हजार मिटरसम्म हुनुपर्छ ।

तपाईको प्रतिक्रिया