घट्यो इन्धन मूल्य

समाधान संवाददाता २०७६ फागुन ६ गते १२:३५

समाधान संवाददाता, काठमाडौं

नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गरेको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले घटाइएको छ ।

इन्डियन आयल कर्पोरेसनले पठाएको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो । निगमका अनुसार पेट्रोल प्रतिलिटर १०८, डिजेल र मट्टितेल समान ९७ रुपैयाँ कायम भएको छ । यसअघि पेट्रोल प्रतिलिटर ११० र डिजल तथा मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ थियो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने हाल यथावत राखिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया