वल्पुकमा च्याउ खेतीकाे आकर्षण

समाधान संवाददाता
वालिङ
स्याङ्जाको गल्याङ नगरपालिका ३ वल्पुकका किसान च्याउ खेतीमा आकर्षित भएका छन् । यहाँका कृषकलाई समूह बनाएर च्याउको बिउ वितरण गरिएको थियो । वल्पुक कृषकसमूहमा आबद्व किसानलाई यसअघि गल्याङ नगरपालिकाले निशुल्क च्याउको बिउ वितरण गरेको थियो ।
कृषक समूहले च्याउ घरमा खानमात्रै नभई बिक्री वितरण गर्नसमेत थालेका छन् । ‘हामी यसबाट राम्रो उत्पादन गर्छाै । नगरपालिकाले दिएको सहयोगले व्यवसायिक कृषक बन्न प्रेरित गरेको छ’, समूहका अध्यक्ष नमकला बस्यालले बताइन् । १५ किसान गरेको समूहले अहिले व्यवसायिक रुपमा नै च्याउ खेती थालेको छ । उनीहरुलाई च्याउ उत्पादन गर्ने तरिका, रोग कीराबाट जोगाउने विधि र उत्पादनपश्चात बजारसम्म लैजाने प्रक्रियाको बारेमा प्रशिक्षण दिइएकोे कृषि शाखा प्रमुख शिव ढकालले बताए ।
गाउँघरमा यसै फालिने पराल र बाँझो जग्गा प्रयोग गरी मनग्ये आम्दानी गर्न सकिने ढकालले बताए । स्याङ्जामा कन्ये र सिताके च्याउको माग बढी छ । गल्याङ नगरपालिकाले कन्ये च्याउको बिउबिजन र प्राविधिक तालिम दिएपछि जिमुहा, तल्लो गल्याङ, गल्कोट लगायतका श्रेत्रमा सामूहिक च्याउ खेती गरिएको छ ।
गल्याङ नगरपालिकाले कृषि श्रेत्रलाई विकासको आधार मानेको नगर प्रमुख भूपराज अधिकारीले बताए । उत्साहित कृषकलाई कृषि श्रेत्रमा अनुदान, बिउबिजन र प्राविधिक सहयोग गर्दै आएको अधिकारीले बताए ।







कर्मचारी सहकारी संस्थामा पदमबहादुर घिमिरे
त्रिवेणी इन्टरनेशनल कलेजको १० औँ वार्षिक साधारण सभा : शिक्षामा शैक्षिक विधि र प्रविधिको प्रयोग आवश्यक
भद्रकाली माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
हिमपातले मुस्ताङका याकचौँरी बेँसीमा सारिए
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया