आर्चरी संघमा शेरचनकै निरन्तरता

समाधान संवाददाता
पोखरा
कास्की जिल्ला आर्चरीको पाँचौ अधिवेशबाट संघको अध्यक्ष योगेन्द्र शेरचनले निरन्तरता पाएका छन् । उपाध्यक्ष वसन्त गौचन (साकुरा), सचिव गोविन्द ज्वारचन, कोषाध्यक्ष भीमबहादुर पुन, सहसचिव चित्रबहादुर रोकामगर छन् । सदस्यमा सञ्जीवमान तुलाचन, शंकर थकाली, सुमन गुरुङ, राजकुमार छन्त्याल, रश्मी दर्लामीमगर, मोनिका रानामगर छन् ।
अन्नपूर्ण आर्चरी क्लबको अधिवेशनमा वसन्त गौचन (साकुरा), उपाध्यक्ष दीपक तुलाचन, सचिव सञ्जीवमान तुलाचन, कोषाध्यक्ष दलमान छन्त्याल, सहसचिव पूर्णमान लालचन, सदस्यमा उमेश तुलाचन, छेमबहादुर बुढा, विकल थकाली, मीनप्रसाद छन्त्याल ओमप्रसाद गुरुङ, महेन्द्रबहादुर गुरुङ ताङ्वे छन् । क्लब र संघको कार्यसमितिको कार्यकाल वर्षको हुनेछ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी तथा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले निर्वाचनमा सहजीकरण गरेका थिए । कार्यक्रममा आर्चरी खेलको विकासमा योगदान पु¥याउनेलाई सम्मान गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले आर्चरीको विकास गर्न स्कुलदेखि नै प्रशिक्षण गराउनुपर्नेमा जोड दिए । विद्यालयस्तरदेखि नै प्रशिक्षण गराउनेतर्फ संघले विशेष ध्यान दिनुपर्ने खाँचो उनले औंल्याए । उनले फागु पूर्णिमाको समयमा आर्चरी खेल महोत्सव आयोजना गर्दै नयाँ पुस्तालाई आकर्षित गर्नेतर्फ ध्यान जानुपर्ने स्पष्ट पारे । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको आर्चरी खेल पोखरामा आयोजना गरिएको भन्दै अब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अहिलेदेखि नै तयारी थाल्नुपर्ने बताए ।
आर्मीले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीकै लागि पश्चिम पृतना विजयपुरका १० जनालाई प्रशिक्षण दिइएको छ ।








जनप्रिय क्याम्पस ३५ वर्षमा
जेन जी आन्दोलनमा कारागारबाट भागे, पटकपटक चोर्दै हिँडे र पक्राउ परे
पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया