उपसभामुख तत्काल नचुनिने

समाधान संवाददाता २०७६ फागुन ८ गते १२:२३

समाधान संवाददाता, काठमाडौं

सभामुखको गाँठो फुकाउन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि यो पद तत्काल पूर्ति नुहने छ । तुम्बाहाङ्फे हाल कानुनमन्त्री छिन् ।

संविधानमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने व्यवस्थाका कारण नेकपाले शिवमायाको राजीनामा गराएको थियो । प्रतिनिधि सभाको सभामुख र उपसभामुखमध्ये १ जना महिला र फरक फरक दलको हुनुपर्ने व्यवस्था छ । नेकपाबाहेकका दल यो पदका लागि तयार नभएकाले तत्काल चयन हुने सम्भवना नरहेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए । उपसभामुखमा राजपाको सम्भावना धेरै भए पनि नेकपाले प्याकेजमै सहमति खोजेकाले ढिलाइ भएको हो ।

Advertisement

प्रदेश २ को सरकार परिर्वतनदेखि उपसभामुख र सरकारमा जानेसम्मको प्रस्ताव नेकपाले राजपासमक्ष राखेको छ । राजपाले आफ्ना पुराना माग पहिला सम्बोधन हुनुपर्ने अडान राखेको छ । रेशम चौधरीको रिहाइ, थारुहटका कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता र संविधान संशोधनका विषयमा सरकारले लिखित प्रस्ताव ल्याउनुपर्ने राजपाको माग थियो ।

Advertisement

तपाईको प्रतिक्रिया