विमललाई सर्वोत्कृष्ट खेलाडी अवार्ड

समाधान संवाददाता २०७६ फागुन ८ गते १२:३१

समाधान संवाददाता
काठमाडौं

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)ले २८ खेलाडीलाई सम्मान गरेको छ । पोखराका प्याराग्लाइडिङ खेलाडी विमल अधिकारीले एनएनआइपिए सर्वोत्कृष्ट खेलाडी अवार्ड पाएका छन् ।

अधिकारीसँगै तेक्वान्दोकी निमा गुरुङले जनही १ लाख पाए । उनीहरुले आफ्नो विधामा उत्कृष्ट खेलाडी अवार्डसमेत जितेका छन् । भलिबलतर्फ सरस्वती चौधरी र एथलेटिक्सतर्फ अजित यादवले उदयमान खेलाडीको अवार्ड जितेका छन् । उनीहरुले समान ५० हजार रुपैयाँ प्राप्त गरे ।

Advertisement

पहिलो अन्तर्राष्ष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको जगराज आदर्श खेलाडी अवार्डबाट बक्सिङ प्रशिक्षक मदन गुरुङ ३५ हजार नगदसहित सम्मानित भएका छन् । पारा खेलकुदतर्फ बोसिया खेलकी महिमा कोइरालाले अवार्ड जितिन् । खेल पत्रकार प्रज्वल ओलीले स्पेशल वार्ड र राजेन्द्र चित्रकारले एनएनआइपिए पत्रकारिता पुरस्कार पाए । मंगलवार बसन्तपुर डबलीमा भएको कार्यक्रममा १८ औं एसियन गेम्समा सहभागिता जनाएका खेल र प्रशर्दनको आधारमा २८ खेलाडीलाई अवार्ड प्रदान गरिएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया