स्पोर्टस् अवार्डबाट ६ लाख बचत

समाधान संवाददाता
पोखरा
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेश पोखराले आयोजना गरेको चौथो पोखरा सपोर्टस् अवार्डबाट ६ लाख ११ हजार ७ सय ५५ रुपैयाँ बचत भएको छ ।
संस्थाको बुधबार भएको प्रथम साधारणसभामा यो जनाकारी दिइएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले मन्त्रालयमा बजेट धरै नभएकाले संघ, संस्थालाई सहयोग खुलेर गर्न नसकेको बताइन् । उनले आगामी दिनमा पोखरा स्पोर्ट अवार्डका लागि अर्थ मन्त्रालयसँग सहकार्य गर्न आग्रह गरिन् ।
अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष कृष्ण थापाले स्पोर्टस् अवार्ड जस्ता कार्याक्रमले खेल क्षेत्रको विकासका लािग सहयोग गर्ने बताए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवलीले खेल पत्रकारितामा ठेकेदारी मौलाएको उल्लेख गर्दै त्यसलाई न्यूनीकरण गर्ने खालका कदम चाल्न आग्रह गरे ।
सभामा नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष त्रिभुवन पौडेल, नेपाल पत्रकार महासंघ कास्की सल्लाहाकार रमेश पौडेल, प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देल, कास्की जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख प्रकाश बराल लगायतले बोलेका थिए ।
संस्थाले २०७६ जेठ २४ गते पोखरा स्पोर्टस् अवार्ड गरेको थियो । अवार्डका लागि १२ लाख ३१ हजार ७ सय ५५ रुपैयाँ संकलन भएको थियो । अवार्ड गर्न ६ लाख २० हजार खर्च भएको थियो । आगामी वर्ष पाँचौ पोखरा स्पोर्टस् अवार्ड वैशाख २१ गते गरिने मञ्चका अध्यक्ष एकराज गिरीले जानकारी दिए ।
तपाईको प्रतिक्रिया